गण्डकी बोडिङ स्कुलको प्रिन्सिपलमा विश्वयुधिर पौडेल नियुक्त

पोखरा ।
गण्डकी बोर्डिङ स्कूलको प्रिन्सिपलमा डाक्टर विश्वयुधिर पौडेल घर्ती नियुक्ति भएका छन् । लामो प्रक्रियापछि पौडेललाई ‘छनोट उपसमिति’ले प्रिन्सिपलमा नियुक्त गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य विमला भण्डारीले जानकारी दिइन् ।
सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गण्डकी आवासीय माध्यमिक विद्यालय तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (गण्डकी बोर्डिङ स्कुल) मा शिक्षा मन्त्रालयका सहसचिवको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन हुन्छ ।
त्यसमा कास्कीका प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, महानगर शिक्षा महाशाखा प्रमुख, सदस्य रहन्छन् । विद्यार्थीका अभिभावकको अभिभावक सदस्य रहने व्यवस्था छ । विद्यालयका प्रिन्सिपल छनोट गर्न १४ जना प्रतिस्पर्धीहरु मध्ये ८ जनाको नाम छोटो सुचिमा प्रकाशित भएको थियो । सर्टलिष्टमा पौडेलसहित राजकुमार ढकाल, सावित्रीकुमार शर्मा, विष्णु लम्साल, नविन पौडेल, दयाराम गुमान्जु, गोकुल घिमिरे शर्मा र स्थीरबाबु सुवेदीको नाम समोवश गरिएको छ । उनीहरूको अन्तरवार्ता बुधबार थियो । अन्तर्वाता लिएपछि पौडेल घर्तीलाई बिहीबार नियुक्त गरिएको पत्रकार महासंघ कास्कीकी अध्यक्षसमेत रहेको भण्डारीले जानकारी दिइन् ।








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया