कास्कीमा पहिरोले घर  पुरिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

समाधान संवाददाता २०८१ असार २८ गते ७:११

पाेखरा ।

Advertisement

कास्कीमा पहिराेले पुरिँदा कास्कीमा १० जनाकाे मृत्यु भएकाे छ । पोखरा महानगरपालिका वडा नम्बर १९ तल्लाकोटमा पहिरो खसेर एकै घरका सात जनासहित  पोखरा ३२ चैनपुरमा   ३ जनाकाे मृत्यु भएकाे छ । मादी गाउँपालिका ११ तल्लो ताप्लेमा पहिराेले पुरिएर एकजना  मृत्यु भएकाे डिएपी कुँवरले बताए । 

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खस्दा  मृतक एकै परिवारका ७ जनामाे मृत्यु भएकाे हाे ।
४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार,  छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको डिएसपी शर्माले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया