अनेसास केन्द्रीय समितिमा सर्वज्ञ

समाधान संवाददाता २०८१ असार २८ गते ११:४४

पोखरा ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको २०२४–२६ का लागि भएको निर्वाचनमा सर्वज्ञ वाग्ले ८ सय ५९ मतसहित अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी विमला निरौलाले ५ सय ९५ मत पाइन् ।

Advertisement


समितिको वरिष्ठ उपाध्यक्षमा ९ सय ५४ मतसहित लालगोपाल सुवेदी विजयी हुँदा प्रत्यासी राजेन्द्र श्रेष्ठ ४ सय ८८ मतमा चित्त बुझाए । समितिको अमेरिका उपाध्यक्षमा सुदीपभद्र खनाल ८ सय १८ मतसहित विजेता हुँदा प्रत्यासी महेश्वर पन्तले ६ सय २२ मत पाए ।


एसिया उपाध्यक्षमा नेपालबाट सरिता अर्याल ७ सय ४९ मतले निर्वाचित हुँदा दिनेशराज ज्ञवालीको भागमा ६ सय ७५ मत परेको छ । सर्वाधिक चासोका साथ हेरिने महासचिवमा राजु सिटौला ८ सय ५५ मतसहित विजेता हुँदा कृष्ण गिरीले ५ सय ८४ मत प्राप्त गरेका छन् ।

Advertisement


७२ घण्टासम्म चलेको अनलाइन मतदानमा २ हजार ८ सय १९ आजीवन सदस्यमध्ये १ हजार ४ सय ७३ मत अर्थात् कुल ५२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत गुणराज लुइटेलले जानकारी दिए । समितिले यस पटकको निर्वाचनमा नो भोटको समेत व्यवस्था गरेको थियो ।


समितिको युरोप उपाध्यक्षमा डिल्लीराम अम्गाई, ओशिवाना उपाध्यक्षमा हरिप्रसाद अधिकारी, अमेरिका उपाध्यक्षमा गणेश खड्का, जापान सचिवमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी र सदस्यमा पुष्पा खनाल, सुमन वर्षा, दीप कार्की, रत्ना लोक्सोम सुब्बा, तारा उप्रेती निर्विरोध निर्वाचित भइसकेको निर्वाचत अधिकृत डा. चूडामणि खनालले जानकारी दिए ।

Advertisement


निर्वाचनमा अध्यक्षमा १९, वरिष्ठ उपाध्यक्षमा ३१, अमेरिका उपाध्यक्षमा ३३, एसिया उपाध्यक्षमा ३४ नो भोट परेको निर्वाचन अधिकृत डा कविता घिमिरेले जानकारी दिइन् ।


नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्लेले मतदाताप्रति आभार व्यक्त गर्दै आफूले अनेसासको गौरव र गरिमा बढाउनका लागि गरेका सबैसँग हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता गरे ।

तपाईको प्रतिक्रिया