‘मिष्टर नेपाल’को अडिसन पाेखरामा भोली

पोखरा ।
मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन २९ लेकसाइड स्थित होटेल बाराहीमा हुने भएको छ। १८ वर्षदेखि ३२ वर्षसम्मका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको आवेदन ई–सेवा तथा अडिसनमै वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ । अडिसनमा पोखरा लगाएत स्याङजा, तनहुँ, गोर्खा, बागलुङबाट सहभागी हुने मिस्टर नेपालको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए ।
उनका अनुसार पोखरा अडिसनबाट ५ देखि १० जना छनौट गरिनेछ । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा हुने अडिसनबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ ।
काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुने पुरीले बताए । विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । नेपालगंज, बुटवल, चितवन, हेटौडा, जनकपुर,दमक र विराटनगरमा अडिसन भइसकेको छ।
मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबल तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया