पुरुनचौरमा तीन कोठे घरमाथि पहिरोपछिकाे अवस्था (फोटोफिचर)

समाधान संवाददाता २०८१ असार २८ गते १५:१३

पोखरा ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुनचौर तल्लाकोटमा अविरल वर्षापछि कुलबहादुर परियारको घरमा पहिरो जाँदा उनको परिवारका ६ जनासहित सात जनाको ज्यान गएको छ । ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा सात जनाको घटनास्थलमै मृत्यु भएको हो ।


बिहीबार १० बजेको समयमा तीन कोठे घरमा पहिरो जाँदा ४६ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमति ४३ वर्षीय मनकुमारी परियार, उनकी सासु ८५ वर्षीय लक्षीमा परियार, कान्छि छोरी १५ वर्षीय प्रशना परियारको मृत्यु भएको हो । कुलबहादुरका १७ वर्षीय छोरा पवन परियार भने घाइते भएका छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement


विवाहपछि माइत गएकी कुल बहादुरकी माइली छोरी २० वर्षीय प्रभा परियार र ज्वाइँ २५ वर्षका अस्मित परियारको पनि मृत्यु भएको छ । कुलबहादुरकै घर तलकी ५६ वर्षकी राधिका परियार हताहतिमा मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया