ओली सरकारको आयु ४ महिना मात्रै- नेकपा एस

पोखरा ।
माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकिकृत समाजवादीले अब बन्न गैरहेको सरकारको आयु ४ महिनाको मात्रै भएको दावी गरेको छ ।
ससंदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मत माथि बोल्दै नेकपा एसका नेता मेटमणि चौधरीले प्रचण्डलाई नआत्तिन आग्रह गरे । उनले अब बन्ने सरकारको आयु पनि ४ महिनाको मात्र भएको दावी गर्दै त्यसपछि फेरि सत्तामा फर्कने दावी गरे ।
कांग्रेस एमालेबीच नेकपा एमालेका नेता केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भैसकेको छ । नेकपा एस नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारको पक्षमा छैन् । सोही बमोजिम उनले प्रचण्डलाई विश्वासको मत दिने बताए पनि तत्काललाई उनले विश्वासको मत नपाउने संकेत गरे ।
चौधरीले सम्बोधनका क्रममा कांग्रेससँग सुमधुर सम्बन्ध राख्न प्रचण्डलाई सुझाए । कांग्रेस लगायत कसैलाई नचिढ्याउनुस्, चार महिनापछि सत्ता तपाइकै हामा आउछ, हामी साथ मै छौ– उनले भने ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया