सम्पादकीय—बर्खा र जोखिमका राजमार्ग

तराई मधेसबाट काठमाडौं आउँदै गरेका २ वटा बस त्रिशुल नदीमा खसे । ४० जनाभन्दा बढी वेपत्ता छन् । बिहीबार रातिदेखि हराइरहेको खोजी नयाँ प्रविधि अनुसारै भइरहेको छ । ती बसका यात्रु सकुशल बाँचेर फर्किने आशा लगभग समाप्तप्राय जस्तै छ । ड्रोन क्यामेरा लगायतका उपकरण प्रयोग गर्दासमेत खासै उपलब्धि भएन । यस्तो उपक्रम त्रिशुलीमा बर्सेनि हुँदै आएको छ । हरेक वर्ष मुलुकका प्रमुख राजमार्गहरु बर्खाले भताभुंग हुन्छन् ।
गाडीमात्रै होइन पैदल यात्रुकै आउजाउ पनि रोकिन्छ केही दिन । पुलपुलेसा र कल्भर्टहरु बर्खाको भेलले बगाउँछ । सडकै पनि बगाउँछ । अनि भीरपाखा हुँदै बनेका सडकमा पहिरो खसेर बाटो छेक्दैन मात्रै गाडीहरु नै पनि पुर्छ । मानिसहरुको ज्यान जान्छ । त्रिशुली नदी किनारको पृथ्वीराजमार्गमा त गाडीहरु खसिरहन्छन् । बिहीबार मुग्लिङ नारायणगढ खण्डमा पहिरो खसेर बस बगाउँदै त्रिशुली पु¥यायो । मानिसहरु बेपत्ता भए ।
अधिकतर के देखिन्छ भने रातिको बेला पहिरो खस्छ । भीषण बर्खा लाग्दा केही दिन रातिको समयमा जोखिमका बाटोमा गाडी आउजाउ रोक्ने सुझाव विज्ञले दिएका छन् । त्यसलाई कार्यान्वयन गर्न ढिला भइसक्यो । यसपालिको पाठ र विज्ञको सुझाव आउँदो वर्षका लागि उपयोगी हुनसक्छ । तर त्यो दीघकालीन उपाय होइन । यसपालि सबैभन्दा धेरै पानी पर्ने भनिएको २९ असारसम्म हो । त्यसपछि पनि बर्खा त रहन्छ, तर जातिविधि पानी नपर्ला भन्ने मौसमय विभागको अनुमान छ । एउटा माघले जाडो जाँदैन भनेजस्तो एउटा असारले बर्खा पनि त कहाँ जान्छ र ? यो त वर्षैपिच्छे आइरहन्छ । त्यसैले बर्खाको जोखिम र त्यो पनि राजमार्गहरुमा कसरी गर्ने भन्ने दीर्घकालीन उपायको खोजी गरिनुपर्छ ।
कृष्णभीरको पहिरोले पृथ्वीराजमार्गमा धेरै वर्ष दुख दियो । मुग्लिङ नाराणगढ राजमार्गमा झन् धेरै वर्षदेखि धेरै पहिरो खस्दै आएका हुन् । धेरै वर्ष यो ३६ किलोमिटरको दुरी पार गर्न घन्टौं पनि बिताए यात्रुले । सडक निकैधेरै ठाउँमा ध्वस्त थियो । हालैको वर्षमा सडकको स्तरोन्नति त भएको छ, तर जोखिम उत्तिकै छ । सडकदेखि भित्तातिर जुन खालको इन्जिनियरिङ गर्नुपर्ने हो, त्यो वैज्ञानिक तवरको भएन कि भन्ने शंका नाजायज लाग्दैन । तर धेरै हदसम्म यो सडक सुधारिएको छ । अब जोखिमका ठाउँ पहिचान गरी इन्जिनियरिङ गर्नुपर्छ । सडकबाट नदीतिर गाडी नखसनून् भनेर आवश्यक ठाउँमा बार बन्देज गर्नुपर्छ । जोखिम हुँदाका बखत सकर्तताको घन्टी बज्ने र आवश्यक पर्दा केही समय गाडी आउजाउ रोक्ने प्रणाली बसाउनुपर्छ ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया