रिटर्नी कोरियाको वृक्षरोपण

पोखरा ।
लायन्स क्लब अफ कोरिया रिटर्नीले पोखरामा वृक्षरोपण गरेको छ । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ आई क्लष्टर–२, रिजन ४ जोन ७ अन्तर्गतको क्लबले पोखरा वडा नं १७ स्थित शंकरधाममा तेजपत्ता, चाँप, कल्की र बेगमवली प्रजातिका २ सय ५० विरुवा रोपेको हो ।
कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगी, वडा सदस्य विक्रम गुरुङ, लायन्स सचिवालय क्लष्टर २ की प्रमुख भावना बसेल, रिजन चियर पर्सन जीवन श्रेष्ठ, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ का जोन चियर पर्सन विपिन सुवेदी, लायन्स क्लब अफ कोरिया रिटर्नीका अध्यक्ष लायन ईश्वरबहादुर केसी, क्लबका पदाधिकारी तथा सदस्यले वृक्षारोपण गरेका हुन् ।
क्लबले सिद्धार्थ राजमार्गस्थित छोरेपाटन बिरौटाको डिभाइडरमा बेगमवली प्रजातिका ५५ फूलका विरुवा रोपेको छ । क्लबका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष प्रशसन्न पौडेल, रेवतीरमण सुवेदी लगायतले बोलेका थिए ।
यसअघि, क्लबको स्थापनाको अवसरमा क्लबले पोखराको मुख्य ३ नाका कुभिन्डे, कोत्रे र हेमजाको सुइँखेतमा ट्राफिक नियम, लागुऔषध तथा चेलीबेटी बेचविखन न्यूनीकरणबारे सचेतनामूलक बोर्डहरु राखेको थियो ।
वर्षाको समयमा क्लबले उद्दार टोली गठन र खाद्यान्न संकलनका लागि फुडबैंकसमेत सञ्चालन गरेको छ । टोलीको संयोजकमा सर्वोदय ढकाल र फुड बैंकको संयोजकमा एसपी अधिकारी छन् ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया