बेगनासताललाई पर्यटन बोर्डको लाईफ ज्याकेट सहयोग

लेखनाथ ।
नेपाल पर्यटन बोर्ड गण्डकीले बेगनासताल डुंगा व्यवसायि समितिलाई लाईफ ज्याकेट प्रदान गरेको छ । तालमा हुन सक्ने सम्भाव्य दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले ज्याकेट सहयोग गरेको हो ।
डुंगा चढेर तालमा परिक्रमा गर्दा पर्यटकले अनिवार्य ज्याकेट लगाउनु पर्ने नियमलाई कडाइका साथ पालना गराउन तिन सय थान लाईफ ज्याकेट र नौ प्याकेट डेरी सहयोग गरेको बोर्डको भनाइ छ ।
बोर्डका प्रदेशका प्रमुख नविन पोखरेलले पोखरामा आउने पर्यटनको बसाई लम्व्याउन पोखरा आसपासका ठाउँहरुमा पर्यटकीय गतिविधीहरु बढाउनु पर्ने सुझाव राखे । पर्यटकलाई ठाउँ विशेषका आधारमा थप मनोरञ्जनका स्थानहरुको पहिचार गरेर त्यस क्षेत्रमा पर्यटन विकासका पुर्वधारहरु खडा गर्दै जानुपर्ने प्रमुख पोखरेलको भनाइ थियो ।
बोर्डका प्रदेश वरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्रले बेगनासताल पर्यटनका लागि आर्कषणको केन्द्र विन्दु बनाउन सकिने प्रशस्त सम्भावनाहरु रहेको बताए । सामाजिक संघ सस्था तथा सरकारी निकायको सहकार्यमा पर्यटन विकासमा विविधिकरण गर्न सकिनेमा जोड दिए ।
बेगनासताल डुंगा व्यवसायि समितिका अध्यक्ष रविराज कडेलले पर्यटकलाई थप मनोरञ्जन दिन ल्याइएको मोटरबोट महानगरपालिकाको असहयोगमा त्यतिकै थन्किएर बसेको सुनाउँदै व्यवसायिको लगानी खेर गएको बताए । फेवा डुंगा व्यवसायि समितिका अध्यक्ष वलराम गिरीले फेवाताल र बेगनासतालमा हुने पर्यटकिय गतिविधीलाई सहकार्यको माध्यमबाट अगाडी बढाउनुपर्ने सुझाव राखे ।
कार्यक्रममा बेगनासताल महाआरतीका संयोजक राममणि अधिकारी, लेखनाथ होटल एसोसियसनका अध्यक्ष विरभद्र कडेल, बेगनासताल संरक्षण तथा विकास मञ्चका संयोजक कृष्णप्रसाद ढुंगाना, समितिका उपाध्यक्ष टिकाराम तिवारी र नेपाली काग्रेस वडा नं ३१ का सभापति भानुभत्त कडेल लगाएतले बेगनासताल आउने पर्यटकको मन जित्ने खालका गतिविधी सञ्चालन गरेर पर्यटनको हवका रुपमा विकास गराउन सकिने सम्भावनाका बारेमा धारणा राखेका थिए ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया