क्युपेक महिला कमिटी कास्कीमा ललिता

पोखरा ।
नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदूरु युनियन (क्युपेक) नेपाल जिल्ला महिला कमिटी कास्कीको छैटौं अधिवेशन भएको छ ।
अधिवेशनबाट अध्यक्ष ललिता लामिछाने मगरको नेतृत्वमा १५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ । उपाध्यक्ष पुनम गुरुङ, सचिव मनु राई, सहसचिव रेखा राई छन् । कमिटीका सदस्यमा गोरी नेपाल, अस्मिता परियार, धनमाया आले, रिना नेपाली, हरिमाया रखाल र गीता भुजेल छन् ।
सल्लाहकारमा राममाया नेपाली र गीता रेग्मी छन् । ‘क्युपेक नेपालको सरोकार, सामाजिक सुरक्षा र मर्यादित रोजगार, भन्ने नाराका साथ भएको अधिवेशन क्युपेक नेपालका केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले उद्घाटन गरिन् । उनले निर्माण क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्न युनियनले पहल गरेको बताइन् ।
उनले असंगठित क्षेत्रमा श्रमिकलाई स्थानीय तहमा श्रम डेस्कको स्थापना गरी सूचीकरणको व्यवस्था गर्न दबाबमूलक कार्यक्रम गरेको जानकारी दिइन् । ‘आम मजदुर सचेत र संगठित भएको खण्डमा सामाजिक सुरक्षा तथा स्थानीय तहमा पञ्जिकरणको व्यवस्था गर्न सकिन्छ,’ अध्यक्ष बस्नेतले भनिन, ‘युनियनले संगठन निर्माण र नेतृत्व विकासमा ध्यान दिएर श्रमिकको सवाललाई सम्बोधन गर्न पहल गरेको छ ।’
उनले महिलाको सहभागिता बढाउनुका साथै श्रमिकको नेतृत्व र व्यक्तित्व विकासमा ध्यान दिने जनाइन् । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री, क्युपेक नेपाल केन्द्रीय सचिव तथा महिला विभाग प्रमुख बलादेवी राई, केन्द्रीय सचिव पुण्यप्रसाद उप्रेती, केन्द्रीय सदस्य पार्वती तामाङ, जिफन्ट महिला कमिटी गण्डकीका अध्यक्ष संगीता पाण्डे, क्युपेक नेपाल कास्कीका अध्यक्ष तीर्थ मगर, महिला कमिटीका अध्यक्ष ललिता लामिछानेमगर, सचिव मनु राई लगायतले निर्माण मजदुरका समस्याका बारेमा बोलेका थिए ।









कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया