आमा समूहबीच हाजिरीजवाफ

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ मा क्रियाशील आमा समूहबीच हाजिरीजवाफ प्रतियोगिता भएको छ ।
कोलपाटन आमा समूहको आयोजनामा भएको प्रतियोगितामा वडाका २० वटा आमा समूहले प्रतिस्पर्धा गरेका थिए ।
आमा समूहको संस्थागत विकास, बौद्धिक क्षमता र प्रतिभा प्रस्फुटन गरी भावनाको विकास गर्ने उद्देश्यले भएको प्रतियोगितामा नागार्जुन आमा समूह प्रथम भएको छ ।
प्रतियोगितामा सिर्जना मार्ग आमा समूह द्वितीय, चेतना कृषक महिला समूह तृतीय र प्रतिभा मार्ग आमा समूहले सान्त्वना पुरस्कार पाएको कोलपाटन आमा समूहका अध्यक्ष सावित्री पौडेलले जानकारी दिइन् ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले कार्यक्रम उद्घाटन गर्दै महिलाको सशक्तीकरण र क्षमता विकासमा प्रतियोगिताले सहयोग पुर्याएको बताए । प्रतियोगिताको निर्णायकमा सिद्ध मावि फलेपाटनका प्रधानाध्यापक गुरुदत्त कोइराला, सोही विद्यालयका शिक्षक प्रतिभा लम्साल, रेन्बो एकेडेमी होम्सका शिक्षक खेम ढकाल र पोखरा १५ का निवर्तमान अध्यक्ष प्रकाश पौडेल थिए ।
समारोहमा समाजसेवी टीकाबहादुर भण्डारी, रामचन्द्र पौडेल, पुष्पराज पराजुली र रेन्बो एकेडेमी होम्सका प्राचार्य बाबुराम बराललाई सम्मान गरिएको छ ।
कार्यक्रममा पोखरा १५ का वडा सदस्य आशीष भण्डारी, आमा समूहका पूर्व अध्यक्षहरु सीता पौडेल, पार्वती कार्की, अम्बिका पराजुली, दिव्यज्योति क्लबका अध्यक्ष केदार गौतम, समाज कल्याण समितिका अध्यक्ष राजेन्द्र पराजुली, समाजसेवी माधव गौतम, कोलपाटन आमा समूहका उपाध्यक्ष अम्बा पराजुली, सचिव करुणा बराल लगायतले प्रतियोगिताका बारेका बोलेका थिए । कार्यक्रममा आमा समूहका सदस्यले नृत्य समेत प्रस्तुत गरेका थिए ।









पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया