पहिरो पीडितलाई राहत

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोट टारीमा पहिरोमा परी परिवारका चार सदस्य गुमाएका पवन परियारलाई राहत प्रदान गरिएको छ । गएको २७ गते राति आएको पहिरोमा परी पहिरोले घर पुरिँदा मृत्यु भएका कुलबहादुर परियार, उनकी श्रीमती मनकुमारी र छोरीहरु लक्षिमा परियार, प्रशनाको मृत्यु भएको थियो ।
परिवारलाई टारीमै पुगी कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे नेतृत्वको जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको टोलीले ७ लाख प्रदान गरेको हो । नेपाल सरकारको जिल्ला विपद् व्यवस्थापन कोषबाट ५ लाख र गण्डकी प्रदेश सरकारको तर्फबाट २ लाख गरी जम्मा ७ लाख राहत हस्तान्तरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले घटनामा नाबालक पवनबाहेक परिवारका सबै सदस्यको निधन भएकाले राहत रकम दुरुपयोग हुन नदिने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिए । पहिरोमा परी घर पूर्ण रुपमा क्षति भएकाले आवास पुननिर्माण प्रक्रिया थाल्न पनि उनको अनुरोध छ ।
सोही घटनामा मृत्यु भएका प्रभा परियार र अस्मित परियारका परिवारलाई आवश्यक कागजातसहित नजिकको हकदार सम्पर्कमा आएपश्चात तत्काल राहत रकम उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । घटनामा वैदेशिक रोजगारीमा रहेकी मुना परिवार र घरै रहेकाक छोरा पवनबाहेक सबैको निधन भएको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया