सृजना माविका छात्राहरू पुरस्कृत
पोखरा ।
पोखराको सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिवार गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता १७८ जना खेलाडीहरुलाई पुरस्कृत गरेको थियो । यसै क्रममा सृजना सेकेन्डरी स्कुलका छात्राद्वय राजश्री अधिकारी र सक्रिया पोखेल नगद पुरस्कारसहित प्रशंसा पत्रद्वारा सम्मानित भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद र गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा सञ्चालित यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० मा गण्डकी प्रदेशको तर्फबाट टेबलटेनिस खेल प्रतियोगितामा सहभागी भएर तृतीय स्थान हासिल गरी कास्यपदक प्राप्त गर्न सफल भएकोमा गण्डकी प्रदेश खेलकुद परिषदले बिजेता खेलाडीहरुलाई पुरस्कृत गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ लगायतले खेलाडीहरूलाई नगद पुरस्कारसहित प्रशंसा पत्रले सम्मान गरेका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिबद्ध रहेको बताए । आफ्नो सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको बताए । प्रदेश सरकार खेलाडीहरुको जीवन सुनिश्चित गर्न प्रयासरत रहेको र युवावस्थाबाट खेलप्रति उत्प्रेरणा जगाउन सरकारले थुप्रै कार्यक्रमहरू अघि सारेको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापा, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल, परिषदका सदस्य सचिव श्रीधर शर्मालगायतले आपन्ना भनाइहरु राखेका थिए ।
सृजना सेकेन्डरी स्कुलका प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोख्रेल यु–१५ टेबुलटेनिस प्रतियोगितामा गण्डकी प्रदेश प्रथम भई यसअघि पनि पुरस्कार र प्रशंसापत्रद्वारा सम्मानित भएका थिए ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया