भीमबहादुरको स्मृतिमा अक्षय कोष

पोखरा ।
विश्वकर्मा समाज (पर्वत स्याङ्जा कास्की)को संरक्षणमा भीमबहादुर विश्वकर्मा स्मृति कोष स्थापना गरिएको छ । समाजका आजीवन सदस्य पोखरा ८ न्युरोड प्रेम मार्ग निवासी कृष्णबहादुर, काजी र शिव विश्वकर्माका दाजु भीमबहादुरको नवौं दिनको पुण्यतिथि श्रद्धाञ्जलीसभा समेत भएको छ ।
परिवारको चाहना अनुसार गरिब, असहाय बालबालिकालाई अध्ययनमा सघाउन कोष स्थापना गरिएको कृष्णबहादुर बताए । समाजका अध्यक्ष चन्द्रकिशोर गौतमले समाजका गतिविधिलाई सिर्जनात्मक रुपमा अगाडि बढाएको जनाए । उनले प्राकृतिक प्रकोप र मानवीय सहयोग चाहिनेलाई सहयोग गर्दै आएको सुनाए ।
उनी २५ हजारको कोषलाई ५ लाख पु¥याउने गरी अभियान चलाउने वाचासमेत गरे । सभामा महाशिला गाउँ पालिका ६ का पूर्व अध्यक्ष रामबहादुर सुनार, समाजका वरिष्ठ सल्लाहकार दुर्गाबहादुर सुनार, सल्लाहकार पाराश्वर सुनार महलाल विश्वकर्मा, हरि बराइली सुनार, सचिव खडकबहादुर सुनार र परिवारको तर्फबाट तोलाकान्त सुनारले बोलेका थिए ।








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया