रुपाका ७ वटै वडामा नागरिक बडापत्र
सुशासनका लागि पहल

पोखरा । रुपा गाँउपालिकाका सातैवटा वडाहरूमा जडान गरिएको डिजिटल नागरिक बडापत्रको मंगलबार गाउँपालिका अध्यक्ष नवराज ओझाले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ओझाले रुपा गाउँपालिकाको हरेक क्षेत्रमा समृद्धिको अभियानका क्रममा नागरिकहरुको सूचनाको हकको सुनिश्चित गर्दै डिजिटल वडापत्र जडान गरिएको बताए ।
कार्यक्रमको अध्यक्षता गरेका वडा नं. ५ का अध्यक्ष राजन खनालले आफ्नो वडाबाट डिजिटल बडापत्रको शुरुवात गरिएकोमा खुशी व्यक्त गर्दै उक्त बडापत्रको समुचित प्रयोगका लागि सम्पूर्ण वडावासी तथा वडामा अवस्थित संघसंस्था प्रतिनिधिहरूलाई अनुरोध गरे ।
कार्यक्रममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत लक्ष्मण पंगेनीले डिजिटल बडापत्रको डिस्प्ले बोर्ड सिस्टममा नागरिक बडापत्र लगायत वडा कार्यालयको परिचय, कार्यालयबाट प्रदान गरिने सेवासुविधा, पदाधिकारी तथा कर्मचारीहरूको विवरण, सूचना तथा गतिविधि, नक्सा तथा गाउँपालिका सम्बन्धी विवरण समावेश गरिएको जानकारी गराए ।
कार्यक्रममा विभिन्न राजनितिक दल प्रतिनिधि र समाजसेवी व्यक्तीहरूले आफ्नो मन्तव्य राखे । रुपा गाउँपालिकका सूचना अधिकारी लोकनाथ पौडेलले संचालन गरेको कार्यक्रममा ५ नं. वडाका महिला वडा सदस्य मिना कुँवरले स्वागत गरिन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया