पोखरामा हर्पन खोलाले बगाएर एकको मृत्यु

समाधान संवाददाता २०८१ साउन १ गते १९:४५
प्रतिकात्मक चिन्ह

पोखरा ।
कास्कीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । हर्पन खोलाले बगाउँदा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–७ का २८ वर्षीय सन्तोष सिंखडाको मंगलबार दिउँसो मृत्यु भएको हो ।

Advertisement

उनी घाँटीछिनास्थित हर्पनखोलामा पौैडी खेल्न गएका थिए । पछिल्लो समय पोखरा ८ नागढुंगा ससुरालीमा बस्दै आएका उनी थिए । खोलामा डुबेर वेपत्ता भएका उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजतलास गर्दा मृत फेला परेका हुन् ।


शवको पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएकोे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

Advertisement


कास्कीको अन्नपूर्ण गाउँपालिका ८ बिरेठाँटीमा मंगलबार मोदी खोलाले बगाएर एक मजदुर घाइते भएका छन् । मोदी खोलाले बगाउदा सोलुखुम्बु घर भई घान्द्रुकमा ज्यामी काम गर्ने शरण राई घाइते भएका हुन् । विरेठाँटीबाट खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरेको हो । मध्यम अवस्थाको घाइते उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया