एनसेलको अनलिमिटेड होम इन्टरनेट

समाधान संवाददाता २०८१ साउन ३ गते ६:०२

काठमाडौं । एनसेलले ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्छन् ।

Advertisement

वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्छन् । विशेष गरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, इसेवा, खल्ति, आइएमई पेको प्लेटफर्महरुमार्फत लिन सक्छन् । यसैगरी यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्छन् ।

यो अफर अन्तर्गत ग्राहकहरुले वायरफ्री सेवाका लागि अर्ध वार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (२ हजार ९५) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (४ हजार ९ सय ८९) छुट पनि पाउँछन् । ६ महिनाका लागि सेवा लिँदा ग्राहकले ३ हजार ४ सय ९९ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा ५ हजार ९९९ मूल्य पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाइन्छ ।

सेवाका लागि अर्ध वार्षिक सदस्यताको शुल्क करसहित ३ हजार ८ सय ९९ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क ६ हजार ९९९ छ । यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि शुल्क पाउँछन् । यो योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउँछन् । ग्राहकहरुले मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा पाउँछन् र यो डेटा भोल्युम सकिएमा ५१२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिनाभर लिन सकिन्छ । अर्को दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जीबी पाउँछन् ।

ग्राहकले पाउने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुन्छन् । ३० दिनको समयावधिभित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन । सधैं अन योजना अन्तर्गत सुलभ दरमा पाइने यो वायरलेस इन्टरनेट सेवाले धेरैभन्दा धेरै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउने र ग्राहकहरुलाई कनेक्टिभिटीले प्रदान गर्ने अवसरहरुसँग जोड्ने विश्वास एनसेलले लिएको छ । एनसेलले विगत ४ वर्षदेखि यो सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया