चलचित्र ‘दिलसरा’ले झ्याउरे गीत नृत्य प्रतियोगिता गर्ने

पोखरा । मगर संस्कृतिमा आधारित आदिवासी चलचित्र ‘दिलसरा’ले झ्याउरे गीत नृत्य प्रतियोगिता गर्ने भएको छ । चलचित्रमा समावेश गरिएको झ्याउरे गीत ‘लै माया’मा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मगर संस्कृतिको विषयमा नयाँ पुस्तालाई जानकारी प्रदान गर्ने, संस्कार जोगाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कथाकार तथा निर्माता जुना थापाले बताइन् । प्रतियोगिता फेसबुक ग्रुप ‘मगर संसार फोटो ग्यालरी’मा यही साउन १२ गतेबाट हुनेछ ।
प्रतियोगितामा सहभागी हुन कुनै उमेर हदबन्दी छैन । पहिलो र दोस्रो गरी २ चरणमा हुने प्रतियोगिताका लागि कुनै ड्रेस कोड छैन भने एकल या समूहगत दुवै प्रकारका नाच मान्य हुने छन् । सहभागी मध्येबाट ३० जनालाई फाइनलका लागि छनोट गरिने र प्रतियोगिताको पहिलो चरणको छनोटका लागि जजका रुपमा चलचित्र ‘दिलसरा’ टिम रहने छ ।
छनोट भएका ३० जनाबीच उपाधिका लागि साउन २६ गते प्रतिस्पर्धा हुने फिल्मका निर्माता हर्क आले मगरले जानकारी दिए । अन्तिम ३० मा छनौट भएका प्रतियोगीले २ मिनेटभन्दा बढी समयको भिडियो बनाउनुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ९ हजार, दोस्रोले ६ हजार तथा तेस्रोले ३ हजार नगदसहित सम्मानपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतिस्पर्धीले चलचित्र निशुल्क हेर्ने मौका पाउने छन् ।
प्रेम थापामगर कार्यकारी निर्माता रहेको मगर संस्कार तथा संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गते पोखराको सभागृह हलमा प्रर्दशन हुँदै छ । अशोक आलेमगरको निर्देशन तथा क्यामरामा ‘मेनेको फिल्म्स एण्ड मिडिया हाउस’ को प्रस्तुति रहेको चलचित्रमा निर्माताका रुपमा हर्क आलेमगर, जुना थापामगर तथा मीना थापामगर छन् ।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया