मुस्ताङ–डोल्पा बाटो बन्द

जोमसोम ।
बाढीले सडक ट्रयाक बगाएपछि मुस्ताङ डोल्पा सडक अवरुद्ध भएको छ । मंगलबार साँझसाङ्ता गाउँ नजिकैको ठाँडो खोलामा आएको बाढीले सडकमा क्षति गरेपछि मुस्ताङ डोल्पा सडक पूर्ण रुपमा बन्द भएको हो ।
सडक अवरुद्ध भएको स्थान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ५ साङ्ता गाउँदेखि करिब ५ सय पश्चिमतर्फ पर्छ । सडकदेखि माथि पूर्वतर्फको ठाँडो खोलाको उच्च बहावले करिब १ सय ५० मिटर सडक कटान गरेको वारागुङ मुक्तिक्षेत्र ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । बाढीले साबिक सडकको ट्याक ध्वंस्त भएको र करिब ५० मिटर बाटोमा गहिरो गल्छी बनेको वडाध्यक्ष गुरुङको भनाइ छ ।
साङ्ता गाउँ नजिकैको ठाँडो खोलाले मुस्ताङ—डोल्पा सडक अवरुद्ध भएकाले अब उपल्लो डोल्पामा तत्काल खाद्यान्न तथा अन्य दैनिक अत्यावश्यकीय मालसामान ढुवानीमा समस्या पर्ने वडाध्यक्ष गुरुङले उल्लेख गरे । उपल्लो डोल्पा स्थित छार्का ताङसिङका बासिन्दाले खाद्यान्न तथा दैनिक उपभोग्य सामान ढुवानी गर्न सबैभन्दा छोटो सडक यही हो ।
वडाध्यक्ष गुरुङले मुस्ताङ डोल्पा सडक ट्याक जोडिएपछि मुस्ताङबाट उपल्लो डोल्पासम्म ट्याक्टर र जिपबाट मालसामान ढुवानी हुने गरेको उल्लेख गरे । बाढीले सडक ट्याक क्षति भएको र अब मौसम अनुकूल भएपछि सडक मर्मतको काम सुरु गर्ने वडाध्यक्ष गुरुङको भनाइ छ ।
संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत डिभिजन सडक कार्यालय बागलुङले मुस्ताङ र डोल्पा जोड्ने रणनीतिक महŒवको सडकलाई चरणवद्ध रुपमा निर्माणका लागि बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ देखि मुस्ताङको पाक्लिङदेखि मुस्ताङ, डोल्पासम्म आधा दर्जन प्याकेजमा विभिन्न निर्माण कम्पनीले सडक निर्माण गरेका थिए ।
गत वर्षमात्रै मुस्ताङको साङ्ता गाउँदेखि केही परबाट चट्टान काटेर सीमा क्षेत्रसम्म करिब २० किलोमिटर सडक विस्तार गरिएको थियो । उपल्लो डोल्पाको छार्का ताङसिङ गाउँपालिकाले पनि आफ्नो क्षेत्रबाट सडक स्तरोन्नति गर्दै सीमा क्षेत्रमा सडक निर्माण गरेको छ ।
यसअघि सडक ट्याक नहुँदा उपल्लो डोल्पाबासीले घोडा, खच्चडमा भारी बोकाएर जोमसोमबाट उपल्लो डोल्पासम्म मालसामान ढुवानी गर्ने गथ्र्ये । उपल्लो डोल्पाबासीलाई जोमसोम, पोखरा र काठमाडौ आवतजावत गर्नसमेत यो बाटो छोटो र सहज छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया