कांग्रेस उपसभापति गुरुङद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले आज स्याङ्जाका पहिरो प्रभावित क्षेत्रहरुको निरीक्षण गरेका छन् ।
गत असार २१ देखि २३ गतेसम्मको अविरल वर्षाका कारण बाढीपहिरोले क्षति पुर्याएका भिरकोट, वालिङ र गल्याङ नगरपालिकाका विभिन्न बस्तीको निरीक्षण गरेका हुन् । विशेषगरी पहिरोले पुरिएर ज्यान गुमाएका परिवार र विस्थापित परिवारलाई उनले व्यक्तिगत रुपमा जनही १० हजार सहयोग उपलब्ध गराए ।
ण्पूर्वमन्त्रीसमेत रहेका गुरुङले भीरकोट नगरपालिका–५ ज्यामिरेमा गत असार २२ गते पहिरोमा पुरिएर ज्यान गुमाएएकी ७४ वर्षीया ख्यामकुमारी मल्लको परिवारलाई १० हजार उपलब्ध गराएका हुन् ।
भिरकोट–६ को फोक्सिङमा पहिरोले विस्थापित भएका भक्तबहादुर थापाको परिवारलाई पनि उनले नगद १० हजार उपलब्ध गराए । “नागरिकहरु दुःखमा परेका बेला यहाँको जनप्रतिनिधि भएको नाताले व्यक्तिगत रुपमा जे सकेँ त्यो सहयोग गरेँ”, उनले भने “जनधन क्षति भएकालाई क्षतिपूर्तिको व्यवस्था र आवास निर्माणका लागि आवश्यक पहल गर्नेछु ।”
भिरकोट–५ को ज्यामिरे र ६ को फोक्सिङमा पहिरोका कारण आठ घर जोखिममा छन् । रासस









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया