खोला र तालमा डुबेर शुक्रबार एकै दिन पोखराका ३ जनाको मृत्यु

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा पर्ने गुँदेतालमा डुबेर बालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो सवा ३ बजेतिर छ वर्षीय बालक सचीन परियारको डुबेर मृत्यु भएको हो।
पोखरा–२६ को प्रगतिटोल बस्ने सचीनलाई तालमा डुबेको अवस्थामा देखेपछि स्थानीय र बुवा विकास परियारले उद्धार गरी लेखनाथ सिटी अस्पताल पुर्याएकोमा चिकित्सकले दिउँसो ४ बजे मृत घोषणा गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।
शुक्रबार पौडी खेल्ने क्रममा पोखरा–२३, घाँटीछिनामा दुई जनाको ज्यान गएको छ। सिउँदो पौने ४ बजेतिर घाँटी छिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेका पोखरा–१ मोहरिया टोल बस्ने वर्ष १८ का प्रकृत बुद्धाचार्य र पोखरा–२, बागलुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्रकारको मृत्यु भएको हो।
वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नम्बर २४ हेडक्वाटर कालिकाबाट खटिएको टोलीले पौने ५ बजे दुवै जनाको शव निकालेको थियो। छ जना पौडी खेल्न गएकोमा बाँकी चार जना सकुशल रहेको प्रहरीले जनाएको छ।









कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया