लेकलाइडमा एकाबिहानै गाडी दुर्घटनामा २६ वर्षे ईश्वरको मृत्यु
समाधान संवाददाता
२०८१ साउन ६ गते ११:२०

पोखरा । पोखरा महानगरपालिका वडा नं.६ हल्लन चोकमा आइतबार बिहानै गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, ग ३ च ३४५७ नं. को हाईलक्स गाडी र ग ११ प ९१ नं को मो.सा. एक आपसमा ठक्कर खाँदा मोसा चालक पोखरा ८ का २६ वर्षे ईश्वर परियारको निधन भएको हो ।
घाइते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा बिहा ०६:४३ बजे उपचारको क्रममा चिकित्सकद्वारा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।
उक्त स्थानमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई दुबै सवारी साधन र हाईलक्स चालक जिल्ला बर्दिया ठाकुर बाबा न.पा. ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१७ ड्यामसाईड बस्ने वर्ष ३० को सुशिल दहितलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको छ ।
सम्बन्धित








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया