पोखराका यातायात व्यवसायीले राइड सेयरिङ विरोधमा थाले आन्दोलन

पोखरा । मनोमानी रुपमा भाडा असुल्न र यात्रु ठग्न नपाइने भएपछि पोखराका यातायात व्यवसायी आन्दोलित भएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई बढाउन दिने गरी कार्यविधि बनाउन थालेसँगै उनीहरु आन्दोलनमा उत्रेका हुन् । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेका व्यवसायीले सडकमा गाडी तेस्र्याएर सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
गण्डकीका यातायात व्यवसायीहरूले भौतिक पूर्वाधार विकास तथा यातायात सचिव शंकर पण्डितलाई बिहीबार ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
मन्त्री राजीव गुरुङलाई बुझाउने कार्यक्रम भए पनि उनी नआएकाले सचिवलाई पत्र बुझाएर उनीहरु फर्केका हुन् ।
वैज्ञानिक भाडादर लागु गर्न र निजी सवारीलाई भाडाका यात्रु बोक्न रोक्नुपर्ने माग उनीहरुको छ ।
आफ्ना माग सम्बोधन नभए साउन १३ देखि सबै गाडी घर र ग्यारेजमा थन्क्याएर प्रदर्शनमा उत्रिने यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले चेतावानी दिए ।
प्रदेश सरकारले नीति तथा कार्यक्रमबाट राइड सेयरिङलाई वैधता दिने घोषणा गरेको थियो । त्यसैलाई टेवा पुग्ने गरी कार्यविधि निर्माण भएको र मन्त्रिपरिषद् बैठकले पारित गर्न लागेको आफूहरुले खबर पाएको व्यवसायीले बताएका छन् ।
प्रदेश सरकारले सवारी ऐन २०४९ को दफा ८ विपरीत कानुन बनाएर व्यवसायीलाई पीडित बनाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसीले बताए । ‘सार्वजनिक यातायातका सवारी साधन सरह रातो प्लेटका सवारीले यात्रु ओसारपसार गर्ने नीति कार्यान्वयनमा ल्याउने कार्यलाई प्रदेश सरकारले प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिन्छौँ,’ उनले भने ।
गण्डकी सरकारले २ पांग्र्रे र ४ पांग्रे निजी साधनलाई यात्रु ओसारपसार गर्न दिने कार्यविधि तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागु गर्नुपर्ने उनीहरूको माग छ । यस्तै, यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशील बनाउनुपर्ने महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले बताए । राइड सेयरिङ नरोकिए सार्वजनिक यातायातमा कुनै छुट नदिने व्यवसायीको भनाइ छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया