काउन्टीको विकास सल्लाहकारमा कार्की नियुक्त

सान फ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्नियास्थित सान् फ्रान्सिस्ककोका युवा समाजसेवी प्रितेश कार्की आवास तथा सामुदायिक विकास सल्लाहकारमा नियुक्त भएका छन् ।
अलमिडा काउण्टीको बोर्ड अफ सुपरभाईजर्सले उनको नियुक्ति अनुमोदनको पत्र काउण्टीले कार्कीलाई पठाएको हो । सन् २०२८ जुलाई २३ सम्मको ४ वर्षे कार्यकालका लागि कार्की नियुक्त भएको काउण्टीको पत्रमा उल्लेख गरिएको छ ।
कार्की सान् फ्रान्सिस्को बे एरियाको नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) का अध्यक्ष पनि हुन् ।
उच्च शिक्षाका लागि अमेरिका आएका आर्किटेक इन्जिनियर कार्कीलाई उनको पेशागत शिक्षा र सामाजिक योगदानका आधारमा सो मनोनयन गरिएको हो । कार्की क्यास्ट्रोभ्यालीस्थित युनाईटेड स्कल डिस्ट्रक अन्तर्गत सबो इलिमेण्ट्री स्कुल काउन्सिलको निर्वाचित अध्यक्ष पनि छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया