राष्ट्रपति दाैडबाट किन हटे बाइडेन ? सम्बोधनमार्फत खुलाए कारण

समाधान संवाददाता २०८१ साउन १० गते १९:११

एपी । वासिङटन डिसी

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफूलाई फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु। राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो। ‘

Advertisement

उनले हाल देश नाजुक माेडमा भएकाले राम्राे निर्णय गर्नुपर्ने बताए।

बाइडेनले भने, ‘अमेरिका नाजुक मोडमा छ, अहिले हामीले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्नेछ। हामीले अगाडि बढ्ने वा पछि हट्ने, आशा र घृणा, एकता र विभाजन बीचको छनौट गर्नुपर्छ।’

Advertisement

‘मलाई लाग्छ कि राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ,’ उनले थपे।

नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको बाइडेनकाे भनाइ छ।

उनले आफू राष्ट्रपतिकाे दाैडबाट हटी उपराष्ट्रपति कमला ह्यारिसनलाई समर्थन गर्ने घाेषणा गरेका छन्।

जुनको अन्त्यमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच बहस भएको थियो, जसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ थियो। त्यसपछि डेमोक्र्याट नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।

अमेरिकामा चार महिनापछि राष्ट्रपतिको निर्वाचन हुँदैछ

तपाईको प्रतिक्रिया