सुत्केरी र गर्भवतीलाई असल छिमेकी नेपालको राहत

समाधान संवाददाता २०८१ साउन ११ गते ५:३३

पोखरा । असल छिमेकी नेपाल पोखराले वर्षातको कारण आएको पहिरो प्रभावितको लागि रहात वितरण गरेको छ ।

Advertisement

आठबिसकोट नगरपालिकाको समन्वय, रुकुम इसाइ समाज तथा सम्बृद्ध कर्णाली हाम्रो चाहाना रुकुम पश्चिमको सहजीकरणमा वडा नम्बर ७, ९, ११ र १२ मा राहत तथा वडा नम्बर १२ मा सुत्केरी तथा गर्भवती महिलाको लाथि राहत वितरण गरिएको हो ।

वडा नम्बर ११ का अध्यक्ष प्रेमबहादुर पुन र वडा नम्बर १२ का अध्यक्ष खुम्मे कुसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा असल छिमेकी नेपालको कार्यकारी निर्देशकले संस्थाको परिचय, आठबिसकोट नगरपालिकासंगको सम्बन्ध तथा राहत कार्यक्रमको बारेमा बताएका थिए । वडाध्यक्षले सहयोगका लागि असल छिमेकी नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको आशा व्यक्त गरेका थिए ।

Advertisement

खाद्यान्न, न्यानो कपडा, त्रिपाल पिफम लगायत सुत्करी तथा गर्भवती महिलाको लागि आवश्यक खाद्यान्न र न्यानो कपडा वितरण गरिएको साथै खानेपानीका लागि पाइप हस्ताणतरण गरिएको सो कार्यक्रममा कुम इसाइ समाजबाट दीपेन्द्र महतरा, समृद्ध कर्णाली हाम्रो चाहाना रुकुम पश्चिमबाट इतिहास परियार, संस्थाका परियोजा प्रमुख सुमन बयलकोटी लगायत उपस्थित थिए ।

Advertisement

तपाईको प्रतिक्रिया