मुख्यमन्त्री पाण्डे भारत जाँदै, विन्दु थापा कावा मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारत जानेभएका छन् । घुँडाको उपचारका लागि शनिबार दिल्ली जाने तय भए अनुसार आज शुक्रबार पाण्डे काठमाडौं जाँदैछन् ।
उनको अनुपस्थितिमा पाण्डेले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पाएका छन् । पाण्डे सरकारमा थापा दोस्रा बरियताका मन्त्री हुन् ।
मुख्यमन्त्री पाण्डेको भारत यात्राले गण्डकीमा सरकार पुनर्गठनमा बिलम्ब हुने भएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि त्यसको असर परेको छ । सत्ता जोगाउन निकै मेहनत गरेका पाण्डेलाई केन्द्रको सत्ता समीकरण फेरबदलपछि भने असजिलो भएको छ ।
स्वतन्त्र सांसद राजीव गुरुङ र नेपाल समाजवादीका फणीन्द्र देवकोटालाई फकाएर सदनमा बहुमत पु¥याएका पाण्डेले अब पनि उनीहरुलाई बाहिर राख्न चाहाँदैनन् । तर एमाले संसदीय दलका नेता खगराज अधिकारी भने कांग्रेस र एमालेको मात्र सरकार बनाउन चाहान्छन् । पाण्डेका पक्षमा मत हालेको राप्रपाको सरकारमा जाने चाहाना भने पूरा नहुने भएको छ ।
प्रदेश नीति तथा योजना आयोगमा एकजना सदस्यमै उसले चित्त बुझाउने छ । २ सांसद रहेको राप्रपालाई बजेट बाँडफाँडमा चित्त बुझाएर पाण्डेले आफ्नै पक्षमा राख्न चाहिरहेका छन् ।
अहिलेको समीकरण फेरिइहालेमा फेरि पनि सत्ता जोडिइराख्नकै लागि पाण्डेले राप्रपाका २, स्वतन्त्र १ र नेसपाका १ गरी ४ सांसदलाई आफूसँगै राख्न चाहान्छन् ।
मुख्यमन्त्री पाण्डे यसकैका लागि मन्त्रालय फुटाएर ११ वटासम्म पु¥याउने सोचमा छन् । यसमा खगराज भने सहमत देखिएका छैनन् । यहाँ असहमत भए पनि केन्द्रबाट निर्देशननै यहाँको सत्ता समीकरण निर्माणको आधार बन्ने पक्का छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया