रेबान पोखरामा विश्वराजको नेतृत्व

पोखरा । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको अध्यक्षमा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको ३० औ वार्षिक साधारण सभा तथा १६ औं अधिवेशनबाट निर्वतमान अध्यक्षमा नरेश भट्टराई, प्रथम उपाध्यक्षमा वसन्त गौतम, द्वित्तीय उपाध्यक्ष विकास भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिव भिष्मराज पौडेल, कोषाध्यक्ष रोशनजंग कार्की र सह कोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए ।
कार्यसमिति सदस्यमा योगेश भट्टराई, लोकबहादुर गुरुङ, विष्णु वानिया, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई निर्वाचित भएका छन् ।
कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष भट्टराईले आफ्नो कार्यकालमा पोखरालाई पर्यटकीय राजधानी घोषणा हुनु गौरवको कुरा भएको बताए । रेवनले आफ्नो सडक महोत्सव, मिनी पर्यटन दिवस, फागु उत्सव र तालिम गोष्ठी सफलताका साथ गर्दै आएको बताए । लेकसाइडलाई टुरिजमको हबका रुपमा विकास गर्न रेबानले कुनै कसर बाँकी नराखेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपाल टुरिजम बोर्ड गण्डकीका प्रमुख नवीन पोखेलले राज्यका पर्यटनको याकिन तथ्यांक राख्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि धनराज आचार्यले पोखरालाई टुरिजमको हबका रुपमा विकास गर्न अझै पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने बताए ।
पत्रकार सन्तोष पोखरेल सम्मानित
रेष्टुरेन्ट एण्ड बार एसोसीएसन (रेवान) पोखराले पत्रकार सन्तोष पोखरेललाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट पोखराको पर्यटन प्रर्वधनमा महत्त्वपूर्ण योगदान दिएको भन्दै रेवानले आफ्नो ३० औं वार्षिकोत्सब एवं १६ औं अधिवेशनको अबसरमा पोखरेललाई सम्मा गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, रेवानका अध्यक्ष नरेश भट्टराई लगायतले नगद रू। २५ हजार, सम्मान पत्र र दोशल्ला ओढाएर उनलाई सम्मान गरेका हुन् । नागरिक दैनिकको गण्डकी व्युरो प्रमुख रहेका पुरस्कृत पोखरेल पोखरामा दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया