आगामी निर्वाचनसम्मै कांग्रेस एमालेको सरकार : सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएको र यो आगामी निर्वाचनसम्मै रहने बताउनुभएको छ ।
आजदेखि सुरु भएको राष्ट्रिय युवासङ्घ नेपाल गण्डकी प्रदेशकोे प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले विकासको गति बढाउनका लागि दुई ठूल मिल्नुपरेको स्पष्ट पार्नुभयो ।
सबै क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताउँदै मन्त्री गुरुङले मुलुकलाई विकसित देशको दाँजोमा लैजानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीलाई प्राप्त मत अझै थपिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले एक महिनाभित्रमा सबै मन्त्रीहरूलाई देखिनेगरी काम गर्न निर्देशन दिनुभएको र सोही अनुरूप मन्त्रीहरू अघि बढेकाले कामको गति देखिने मन्त्री गुरुङको भनाइ छ । उहाँले विकासका कार्यक्रमलाई तीब्ररूपमा अगाडि बढाएर सरकारले जनतामा आशाको सञ्चार गराउने अठोट लिएको बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा युवासङ्घका पूर्वअध्यक्ष महेश बस्नेतले देश बनाउने जिम्मा युवाहरूको काँधमा आएकाले सोही अनुरूप युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । एमाले पार्टीले युवाहरूलाई विभिन्न अवसर दिँदै आएको उहाँको भनाइ छ ।
सङ्घका केन्द्रीय पूर्वअध्यक्ष राजीव पहारीले युवाहरूले देश निर्माणमा ठूलो योगदान दिएको र राज्यले पनि सोही अनुरूप युवाहरूलाई अवसर प्रदान गर्नुपर्ने बताउनुभयो । त्यस्तै एमाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश सचिव धनजय दवाडीले युवासङ्घले जनतामा विश्वास जगाएर काम गर्नुपर्ने बताउनुभयो । रासस








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया