स्कुल बसको सेवा सुधार गर्नुपर्ने अनेरास्ववियु कास्कीको माग, प्रजिअलाई २४ घण्टे अल्टिमेटम

समाधान संवाददाता २०८१ साउन १४ गते १८:११

पोखरा ।

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले पाँच बुँदे माग राखेर प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे अल्टिमेटम दिएको छ । निजी विद्यालयका बससम्बद्ध समस्या समाधानको विषयमा जोड दिन र संयुक्त बैठक बोलाउनुपर्ने मागसहित अनेरास्ववियुले सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

जिल्लाभरको सुरक्षा र अनुगमनको जिम्मा जिल्ला प्रशासन कार्यालयअन्तर्गत हुने भएकाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको अनेरास्ववियुका जिल्ला अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । अनेरास्ववियुले विद्यार्थीहरू ओसारपोसार गर्ने बसहरूको नियमित चेकजाँच गर्नुपर्ने र पुराना बस सञ्चालन गरेको भए खोजी गर्न, विद्यालय बसको गति तोकेर कडाइ गर्न, सिट क्षमताभन्दा बढी विद्यार्थी राखेको पाइए कारबाही गर्न, अन्य व्यवसायमा सञ्चालित बसलाई खाली समयमा विद्यालयले प्रयोग गर्ने गरेकाले त्यो सञ्चालनमा रोक लगाउन, दुर्व्यसनीमा लागेकालाई बस चलाउन नदिन र नियमित परीक्षण हुनुपर्ने माग राखेको छ । ञअनेरास्ववियुले विगत लामो समयदेखि खवरदारी र ध्यानाकर्षण गराउँदा गराउँदै अटेरी गर्दै निजी विद्यालयहरूले विद्यार्थीहरू बोक्न तछाडमछाड गर्ने, पुराना बसहरू सञ्चालन गर्ने, तिब्र गतिमा बस सञ्चालन गर्ने र सिट क्षमताभन्दा धेरै विद्यार्थीहरू बोकेर हिँड्ने प्रवृत्तिले यस्ता प्रकारका घटनाहरू घटिरहेका छन् । तसर्थ आगमी दिनहरूमा यस्ता घटनाहरू हुन नदिनका लागि र समस्याहरू समाधानका निमित्त जोडदार माग गर्दछौं,झ पत्रमा भनिएको छ ।

Advertisement

अनेरास्ववियुले जिल्ला शिक्षा कार्यालय कास्की, प्याब्सन, एन(प्याबसन, हिसान कास्कीको संयुक्त बैठक बोलाउन र मागबारे छानबिन गर्न समिति बनाउन माग गरेको छ । ध्यानाकर्षण पत्र बुझेपछि प्रजिअ पाण्डेले मंगलबार दिउँसो २ बजेलाई कार्यालयमै संयुक्त बैठक बोलाएको अनेरास्ववियु कास्की सचिव रवि क्षेत्रीले जानकारी दिए ।

ध्यानाकर्षण पत्र बुझाउन केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज अनुप लामिछाने, केन्द्रीय सदस्य रोशन भट्टराई, केन्द्रीय सदस्य विष्णु पोख्रेल, केन्द्रीय सदस्य विनय पराजुली, केन्द्रीय लेखा आयोग सदस्य कुमार गौतम, अनेरास्ववियु प्रदेश कमिटी सदस्य किशोर सुवेदीलगायर जिल्ला प्रशासन कार्यालय कास्की पुगेका थिए ।

Advertisement

सोमबार बिहान पोखरा(२१ छरछरेमा स्कुल बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ । एल।पी देवकोटा स्कुलको बस पल्टिँदा सोही विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । घटनामा २८ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया