पाेखरा महानगरद्वारा स्कुल बस दुर्घटनाबारे छानविन गर्न समिति गठन

समाधान संवाददाता २०८१ साउन १४ गते १८:१४

पाेखरामा

Advertisement

बसमा सवार २ जनाको मृत्यु र २८ जना घाइते हुने गरी भएको दुर्घटना बारे पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा छानबिन समिति बनेको हो ।


मेयर धनराज आचार्यले ७ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरिय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इञ्जिनियर सरोज चालिसे सदस्य छन् । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत राम प्रसाद तिवारीलाई तोकिएको छ ।

Advertisement

समितिलाई दुर्घटनाको कारण, सवारी साधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीहरूको संख्या, विद्यार्थी राख्न पाउने संख्या लगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाजारी गरेको विज्ञप्तिमा छ ।

Advertisement

तपाईको प्रतिक्रिया