पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तक सार्वजनिक

पोखरा । खेमलाल- हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार- २०८० का लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक गरेको छ ।
पहिलो चरणमा छनोट भएका उत्कृष्ट विस्तारित सूचीमा परेका १५ पुस्तकबाट ५ पुस्तक (संक्षिप्त सूची) मंगलबार सार्वजनिक गरिएको हो । उत्कृष्ट ५ पुस्तकहरूमा कृष्ण गौतमको अद्वैत (उपन्यास), सानु शर्माको अर्को देशमा (कथासंग्रह), रोशन शेरचनको गल्ली संसार (निबन्धसंसार), कुमार नगरकोटीको जोगियाना (संस्मरण) र गोविन्दप्रसाद कुसुमको भृकुटी (उपन्यास) रहेका प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यी ५ पुस्तकमध्ये एकलाई वर्ष २०८०को पद्मश्री साहित्य पुरस्कार दिइने प्रतिष्ठान जनाएको छ । पुरस्कारको राशि ३ लाख रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ ।









खुमा अर्याल फाउन्डेसनको शिविरमा ६ सय ३१ जनाले लिए स्वास्थ्य सेवा
लक्ष्मी ग्रुपको ५२औं स्थापना दिवसमा २१ कर्मचारी सम्मानित
‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया