श्रमिकमा घरेलु हिंसाको प्रभाव बढी

पोखरा ।
नेपालका श्रमिकलाई घरेलु हिंसाले परेको प्रभाव र असरको बारेमा अध्ययन गर्न गण्डकी प्रदेशमा सर्वेक्षण सुरु गरिएको छ । कार्यस्थलमा घरेलु हिंसा सञ्जाल (डिभी एटदरेट वर्क नेटवर्क)सँगको साझेदारीमा अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइटिएफ) को सहयोगमा सर्वेक्षण गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव सरस्वती रिजालले जानकारी दिइन् ।
संगठन तथा नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ)को सुंयक्त पहलमा गत चैत २७ गतेदेखि नेपालमा श्रमिकलाई कार्यस्थलहरुमा घरेलु हिंसाको प्रभावको बारेमा राष्ट्रिय सर्वेक्षण सुरु भएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन महिला कमिटी गण्डकीले आयोजना गरेको राष्ट्रिय सर्वेक्षण तालिमको उद्घाटन कार्यक्रममा उनले महिला माथि हुने सबै खालका हिंसा न्यूनीकरणसँग जोडिएको अभियान भएको बताइन् ।
‘श्रमिकहरुले घरमा हिंसाको अनुभव गर्दा त्यसको प्रभाव कार्यस्थलमा पनि पर्न थाल्छ,’ उनले भनिन्, ‘नेपालका श्रमिकलाई घरेलु हिंसाले परेको असर बढी छ । सर्वेक्षणले समाजमा लुकेको अपराधको रुपमा रहेको घरेलु हिंसाको घटनालाई जस्ताको तस्तै बाहिर ल्याउन सहयोग पुग्नेछ ।’ उनले नेपालमा घरेलु हिंसाको दायरा र श्रमिक, रोजगारदाता, र कार्यस्थलमा यसको प्रभावको बारेमा ज्ञान र तथ्यांकको अभाव भएको अवस्थामा सर्वेक्षण गरेको उल्लेख गरिन् ।
उनले कोभिड १९ महामारी जस्तो विशेष परिस्थितिहरुमा घरेलु हिंसालाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा नीतिगत जानकारी दिनका लागि डाटा तत्काल आवश्यक पर्ने जनाइन् । उनले दिन दुइगुना र रात चौगुनाको दरले महिला हिंसा बढेको अवस्थामा सर्वेक्षणको क्रममा १० हजार श्रमिकसम्म पुग्ने बताइन् ।
नेपालमा घरेलु हिंसाको दायरा र श्रमिक, रोजगारदाता, र कार्यस्थलमा यसको प्रभावको बारेमा ज्ञान र तथ्यांकको अभाव
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी सदस्य पम्फा पहारीले तालिम उद्घाटन गर्दै घरको वातावरण राम्रो नभए श्रमिकलाई त्यसको प्रभाव कार्यस्थलमा पर्ने उल्लेख गरिन् । घरायसी अबस्थाले काम गर्ने क्षेत्रमा ठूलो असर पर्ने चर्चा गर्दै उनले घरमा असहजता भए काममा ध्यान दिन नसक्ने बताइन् ।
जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्र खत्रीले अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिक हिंसाका हिसाबले बढी जोखिममा रहेको दाबी गरे । उनले सर्वेक्षणले नेपालका महिला हिंसाको अवस्था जस्ताको तस्तै बाहिर ल्याएर नीति कानुन बनाउन सहयोग पुग्ने उल्लेख गरे ।
कार्यक्रममा जिफन्ट महिला कमिटी गण्डकी अध्यक्ष संगीता पाण्डे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रतिनिधि परिषद् उपप्रमुख कर्णसिंह गुरुङ, गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष बाबुराम राना, सहसचिव बालकृष्ण पोखरेल, संगठन महिला कमिटी गण्डकीका अध्यक्ष सीता सापकोटा, सचिव मनिषा सुवेदी नेपालमा कार्यस्थलहरुमा घरेलु हिंसाको प्रभावबारे बोलेका थिए ।









धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया