कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डे र कर्मचारीबीच कार्य सम्पादन सम्झौता

पोखरा । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले र सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख (उपसचिव) श्रीनाथ पौडेलसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा कार्यरत प्रशासकीय अधिकृतहरुलाई कार्यसम्पादन सम्झौता गरेका छन् ।
प्रशासकीय अधिकृतहरु दीपक रेग्मी, अविनाश कुँवर, भीष्मराज अर्याल, नविन सुवेदी र लेखापाल सूर्यप्रसाद गौतमबीच आब २०८१र०८२ का लागि कार्यसम्पादन सम्झौता भएको हो ।
गृह सचिव र प्रमुख जिल्ला अधिकारीहरुबीच आव २०८१र०८२ का लागि सम्झौता भएपछि प्रजिअले मातहतका कर्मचारीसँग कार्यसम्पादन सम्झौता भएको हो ।
प्रमुख जिल्ला अधिकारीबाट मातहतका अधिकृत कर्मचारीलाई प्रत्यायोजित अधिकारको प्रभावकारी कार्यान्वयन मार्फत सेवा प्रवाहमा छिटो, छरितो र प्रभावकारिता प्रवद्धनका लागि कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै अधिकार प्राप्त पदाधिकारीहरुलाई जिम्मेवार, उत्तरदायी बनाउने हुँदा मातहतका कर्मचारीहरु बीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले कार्यसम्पादन सम्झौता गरिएका विषयमा जिम्मेवार, उत्तरदायी एम् जवाफदेही भएर कार्य गरी कार्यालयको दैनिक कार्यसम्पादन स्तर, सेवाको प्रभावकारिता प्रवद्धन गरी नागरिक केन्द्रित, जनमैत्री नतिजामूलक कार्य गर्न निर्देशन दिए । सम्पन्न सम्झौताको अक्षरश एवम् प्रभावकारी कार्यान्वयनबाट कार्यालयको समग्र सेवाप्रवाहको गुणस्तर अभिवृद्धि भई नागरिक सन्तुष्टीमा वढोत्तरी हुने विश्वास उनले व्यक्त गरे ।
कास्कीमा प्रमुख जिल्ला अधिकारीमा आएपछि पाण्डेले सेवा प्रवाहका साथै जिल्लास्थित कार्यालयको कार्यसम्पादनमा विशेष चासो देखाएका छन् । विपद् व्यवस्थापनका साथै तत्काल आइलाग्ने घटनाले ठूलो रुप लिन नदिनका लागि सुरक्षाकर्मी परिचालका साथै प्रभावकारी समन्वयका लागि उनले पहल गरिरहेका छन् ।
यातायात व्यवासायीको आन्दोलनप्रति प्रदेश सरकार र यातायात मन्त्री नै गैर जिम्मेवाररुपमा प्रस्तुत भएपछि प्रजिअ पाण्डेकै पहलमा वार्ता भएको थियो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया