गण्डकी सरकामा एमाले सामेल नहुँदै धमाधम नियुक्ति, एमाले प्रदेश कमिटीले दियो चेतावनी
पोखरा । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर केन्द्रमा एमाले र कांग्रेसको सरकार बने पनि गण्डकी प्रदेशमा त्यस अनुसार सरकार पुनर्गठन हुन सकेको छैन ।
गुण्डा पृष्ठभूमिका दीपक मनाङे भनिने राजीव गुरुङ र नेपाल समाजवादी पार्टीको साथ लिएर बहुमत पु¥याएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नै सरकार निर्माणमा विलम्ब देखाएका छन् । अहिले त उनी स्वास्थ्य उपचारका लागि भारत गएका छन् । उनी १९ गते मात्रै पोखरा फर्किने छन् ।
एमाले सरकारमा सामेल नहुँदै पाण्डे सरकारले प्रदेश नीति तथा योजना आयोगलाई पूर्णता दिएको छ । अन्य नियुक्तिका लागि समेत सरकारले काम थालिसकेको छ ।
यसबारेमा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले केही बोलेका छन् । एमाले गण्डकीले भने सरकारले धमाधम नियुक्ति गर्न थालेपछि चासो देखाउँदै विज्ञप्ति निकालेको छ ।
एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले बुधबार विज्ञप्ति निकालेर गण्डकी प्रदेशको सरकारमा नेकपा (एमाले) को संलग्नता नभइ दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
२ दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालित हुने हुँदा सहमति विपरीत दिर्घकालीन असर पर्ने निर्णय नलिन गण्डकी प्रदेश सरकारलाई नेकपा (एमाले) ले आग्रह गरेको छ ।
नेकपा (एमाले) र नेपाली कांग्रेसको सहमतिमा नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओली नेतृत्वलाई दुई तिहाई मतको विश्वास प्राप्त भई सरकारले कार्यारम्भ गरेको छ विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरुबीच समन्वय भई प्रदेशका सरकारहरु गठन, पुनर्गठन पनि भइरहेका बेला यस्ता गतिविधि नगर्न एमालेले सचेत गराएको हो ।
गण्डकीमा हाल ७ मन्त्रालय छन् । मुख्यमन्त्री पाण्डे पुराना सहयात्री छाड्न चाहाँदैनन् । एमालेले भने अब २ दलको मात्र सरकार बनाउने भनेको छ । पुरानै सहयात्री लिएर सरकार विस्तार गर्दा भागबण्डा पु¥याउनकै लागि मन्त्रालय फुटाउनुपर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया