‘गर्भपतन परिवार नियोजनको साधन जस्तो भो’

पोखरा ।
महिला अधिकार सुनिश्चित गर्न, सुखी परिवार बनाउन, अनिच्छित र जोखिमपूर्ण गर्भबाट महिलालाई सुरक्षित राख्न वैधानिक बनाइएको गर्भपतन सेवाको दुरुपयोग भएको भन्दै सरोकारवालाले चिन्ता जनाएका छन् । गर्भपतनलाई परिवार नियोजनकै साधनका रुपमा प्रयोग गर्ने क्रम बढेको भन्दै उनीहरुले प्रभावकारी सचेतना र निरन्तर अनुगमनमा जोड दिएका हुन् ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयक सचिव डा विनोदविन्दु शर्माले गण्डकीमा एक वर्षमा करिब ४१ हजार महिलाले गर्भधारण गर्ने उल्लेख गर्दै तीमध्ये १० देखि १२ हजारले गर्भपतन गर्ने देखिएको उल्लेख गरे । ‘गर्भपतन गर्नेमध्ये करिब ५९ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने देखिएको छ,’ उनले भने, ‘एकातिर गर्भपतन परिवार नियोजनको विकल्प जसरी प्रयोग भएको छ भने अर्कातिर आधाभन्दा बढी गर्भपतन असुरक्षित तवरले हुनु चिन्ताको विषय हो ।’
गण्डकी प्रदेशमा गर्भवती महिलामध्ये १६.९ प्रतिशतले गर्भपतन गर्ने गरेको उनको भनाइ छ । सुनौलो परिवार नेपाल र बिएनजी मिडियाले बुधबार आयोजना गरेको सुरक्षित गर्भपतनका लागि सञ्चारकर्मीमा भूमिका विषयक कार्यक्रममा उनले सुुरक्षित गर्भपतनबारे सर्वसाधारणलाई जानकारी गराउन सञ्चार जगतको ठूलो भूमिका रहने उल्लेख गरे ।
शर्माले छोरी÷आमाहरुलाई बचाउन सरकारले प्रभावकारी कदम चाल्नैपर्नेमा जोड दिए । ‘सुरक्षित प्रजननमा परिवार नियोजनको भूमिका त रहने नै भयो । हामीले सबै गर्भवती महिलालाई ट्रयाकिङ गरी सचेतना दिने र बेला बेलामा चेकजाँचमा ल्याउने प्रणाली विकास गरेका छौँ,’ उनले थपे ।
पश्चिम क्षेत्रीय अस्पताल वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा प्रेम पंगेनीले १२ वर्षदेखिका किशोरी गर्भपतनका लागि आएको अनुभव सुनाए । उनले महिनावारी बन्द हुनेबित्तिकै औषधी पसलबाट औषधी किनेर खाने प्रचलनले स्वास्थ्यममा गम्भीर समस्यादेखि मृत्युसम्म निम्त्याइएको उल्लेख गरे । पोखरा महानगरपालिका स्वास्थ महाशाखाका अधिकृत हरिलाल आचार्यले असुरक्षित गर्भपतनपछिका जोखिमले ज्यानै लिन सक्ने भएकाले सित्तैमा सरकारी स्वास्थ्य संस्थामा पाइने यो सेवा लिन आग्रह गरे ।
स्वास्थ्य निर्देशनालय गण्डकीकी नर्सिङ प्रशासक अञ्जु पौडेलले नेपालमा गर्भपतनको अवस्थाबारे कार्यपत्र पेश गरिन् । उनले सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिएपछि मातृ मृत्युदर घटाउन सहयोग पुगेको भए पनि केही भ्रम र जोखिम बाँकी रहेको औंल्याइन् । पछिल्लो जनगणनाले कुल मातृमृत्युमध्ये पाँच प्रतिशत असुरक्षित गर्भपतन पाँच प्रतिशत मृत्युको कारण भएको देखाएको छ ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया