हस्पिटलमा आर्ट प्रतियोगिता
पोखरा ।
न्युरो आर्ट नेपाल तथा बिजी हस्पिटल एन्ड रिसर्च सेन्टर पोखराको संयुक्त आयोजनमा न्युरो आर्ट प्रतियोगिता सम्पन्न भएको छ । बिजी हस्पिटमा उपचारत बिरामीहरु र हस्पिटल स्टाफहरुलाई केन्द्रित गरी आयोजन गरिएको प्रतियोगितामा उपचारततर्फ सिम्रन मल्ल प्रथम, सुप्रिया जयसवाल द्वितीय र शर्मिला मगर तृतीय भएका छन् । थप ३ जनाले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा स्टाफतर्फ सुरक्षा सार्की प्रथम, आस्मा गुरुङ द्वितीय र तेजिना गुरुङ तृतीय भएका छन् । स्टाफतर्फ ३ जना कर्मचारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । न्युरो आर्ट नेपालका अध्यक्ष हरेराम जोजीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतियोगिताको नतिजा घोषणा गरी विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष हरेराम जोजी, उपाध्यक्ष प्राडा निर्मल लामिछाने, हस्पिटल इन्चार्ज अनिता खड्काले बिजेताहरुलाई खादा लगाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरे ।
न्युरो आर्ट नेपालका महासचिव रामप्रसाद पौडेलले सञ्चालन रहेको कार्यक्रममा नान आवद्ध सदस्यहरुसहित हस्पिटल परिवार तथा स्थानीयको उपस्थिति थियो । २०७९ मा स्थापित न्युरो आर्ट नेपालले चरणवद्ध रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालाहरु आयोजन गर्दै आर्ट प्रदर्शनीसँगै जनसमुदाय र नवोदित प्रतिभाहरुका लागि विभिन्न प्रतियोगिताहरु आयोजन गर्दै आइरहेको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया