डहरे देउराली शक्ति केन्द्र होः शर्मा

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले डहरे देउरालीलाई दैवी शक्तिको केन्द्र रहेको उल्लेख गरेका छन् । पर्वत र स्याङ्जा जिल्लामा पर्ने डहरे देउरालीमा भएको कार्यक्रममा सभापति शर्माले देउराली परिसरमा आउनेबित्तिकै अनौठो अनुभुति प्राप्त भएको उल्लेख गरे ।
‘यो हामीले जानेका नजानेका धेरै सन्त महात्माले तपस्या गरी सिन्चित गरेको पवित्र स्थान हो । हामीले यसको महत्वलाई जति साधनामा बदल्न सक्छौं, त्यति यो तीर्थ बन्छ,’ उनले भने ।
पर्यटकीय तथा डहरे देउरालीलाई साधना केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता उनले औंल्याए । कार्यक्रममा केदारेश्वर मन्दिरका पीठाधीश डा लेखनाथ पशुपतिनन्द गिरी चैतन्य महाराजजी, गण्डकी प्रदेश प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री पञ्चराम गुरुङ, प्रदेश सभा सदस्य रेखा गुरुङ, विश्व हिन्दु महासंघ केन्द्रीय उपाध्यक्ष शंकर खराल, फलेवास नगरपालिकाका पूर्व मेयर पदमपाणि शर्मा, कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु), ज्ञानप्रसाद शर्मा लगायतले बोलेका थिए ।
मोक्षद्वारी वालसिद्ध योगाश्रम डहरे देउरालीका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया