मुस्ताङमा सेनाको अन्तर गुल्म स्तरीय खेलकुद प्रतियोगिता

समाधान संवाददाता २०८१ साउन १७ गते १३:१३

जोमसोम—मुस्ताङको जोमसोम स्थित नारायणदल गणले अन्तर गुल्म स्तरीय खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । नेपाली सेनाको १८८ औं वार्षिकउत्सवको अवसरमा गणद्वारा अन्तर गुल्म खेलकुद कार्यक्रम आयोजना गरिएको हो ।
नेपाली सेना अन्र्तगत नारायण दल गणले सैनिक जवानहरुलाई शारिरीक रुपमा स्फूर्ती राख्न तथा सैनिक जवानहरुको अतिरिक्त क्रियाकलापलाई अभिप्रेरित गर्ने उद्देश्यले वार्षिकउत्सवको सन्र्दभ पारेर विविधि खेलकुदका कार्यक्रम आयोजना गरेको जनाएको छ ।

Advertisement

सेनाको वार्षिकउत्सवको अवसरमा मुस्ताङ स्थित नारायणदल गण जोमसोमले गुल्म स्तरीय फुटबल,भलिबल,टेबुल टेनिस, खुल्ला ब्याटमिन्टन,क्रस कन्टि, बाधापार, बास्केट बल,तान डोरी र हाजिरी जवाफ लगायतका एक दर्जन विधामा प्रतियोगिता आयोजना गरेको हो ।

मुस्ताङको जोमसोम स्थित नारायण दल गणको खेलमैदानमा बिहिबार आयोजित गुल्म स्तरीय फुटबल प्रतियोगितामा बन्दोबस्ती गुल्मलाई (४—३) गोल अन्तरले टाईब्रेकरमा हराउँदै गुल्म ‘क’ प्रतियोगिताको च्याम्पियन बन्यो । निर्धारित ९० मिनेटको समयमा दुबै गुल्मबाट समान (१—१)गोल भएपछि खेल टाईब्रेकरमा पुगेको थियो । दुबै गुल्मको पहिलो हाफमा समान १—१ गोल गरे ।
फुटबलतर्फको च्याम्पियन र उपविजेता गुल्मलाई मुस्ताङ अदालतका माननीय न्यायधिस ओमप्रसाद सोडारी र नारायणदल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवालले शिल्ड ,मेडल ,ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरे । फुटबलको च्याम्पियन गुल्म ‘क’ले पुरस्कार रुवरुप खसी प्राप्त ग¥यो । यस्तै तान डोरीको च्याम्पियन गुल्म टोली शिल्ड मेडल,ट्रफी र प्रमाणपत्रसंगै पुरस्कार स्वरुप कुखुराको भाले पाएको छ ।
यसैगरी सेना दिवसको अवसरमा आयोजित गुल्म स्तरीय खेलकुलका अन्य विधाका खेलाडी तथा गुल्म टोलीलाई जिसस मुस्ताङका प्रमुख माया गुरुङ,उपप्रमुख आईतेलाल थकाली, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, मुस्ताङका प्रजिअ जनकराज पन्त लगायत अन्य जनप्रतिनिधि,कर्मचारी र सुरक्षा निकायका प्रमुखहरुले शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया