पश्चिमाञ्चल कपास उद्योगमा आगोलागी हुँदा २२ लाख क्षति

समाधान संवाददाता २०८१ साउन १७ गते १५:०९

पोखरा ।
पोखरा महानगरपालिका ३ तेर्सापट्टीमा रहेकोे पश्चिमाञ्चल कपास उद्योगमा आगोलागी भएको छ । बिहीबार बिहान ११ बजेतिर अन्नत कतिलाले सञ्चालन गरेको उद्योगमा विद्युत सर्ट भई आगोलागी भएको थियो ।

Advertisement


ब्लकको गारो टिनको छानो भएको ३ कोठा भएको १ तल्ले कच्ची घरमा संचालन गरेको उद्योगमा विद्युत सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।


प्रहरी टोली, स्थानीय तथा दमकलको सहयोगमा आगो निनियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

Advertisement


प्रहरीका अनुसार आगलागिबाट मेसिन, कपास तथा अन्य सामान समेत गरी अन्दाजी मूल्य २२ लाख बराबरको क्षति भएको कतिलाले जानकारी दिएका छन् ।


Advertisement

तपाईको प्रतिक्रिया