लाटोकोसेरो संरक्षणका लागि ‘संरक्षण दुत’ छनोट

पोखरा ।
गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणका लागि संरक्षण दूत छनोट भएका छन् । किसानको साथी लाटोकोसेरो संरक्षणकालागि पहिलो पटक संरक्षण दूत छनोट गरी संरक्षण अभियान सुरु हुन लागेको हो ।
यसका लािग ६ जना ‘लाटोकोसेरो संरक्षण दूत’ छनोट भएका छन् । यस क्षेत्रमा लाटोकोसेरो संरक्षणका लागि बुढा रुखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणका लागि कृत्रिम गुँड वितरण, चोरी सिकारी नियन्त्रण गर्ने सरोकारवालाहरुको क्षमताको अभिवृद्धि कार्यको सहजीकरण गर्न संरक्षण दुतको छनोट गरिएको हो ।
लाटोकोसेरो संरक्षणका लागि नागरिक वैज्ञानिक पनि छनोट गरिएको छ । नागरिक वैज्ञानिकको रूपमा केशव सापकोटा र बालकुमार गुरुङ तथा विद्यार्थीहरू सुदर्शन पराजुली, आयुष ढुंगाना, ज्योति शर्मा, र दीपा गुरुङले आउने एक वर्षसम्म स्वयंसेवकको रूपमा ‘लाटोकोसेरो संरक्षण दुत’ भई लाटोकोसेरो अध्ययन तथा संरक्षणमा योगदान गर्नेछन् ।
यसैका लागि स्याङ्जाको भैंसेगौंडा सामुदायिक होमस्टेमा दुतहरूको क्षमताको अभिवृद्धिका लागि तालिम सञ्चालन भइरहेको छ ।
तालिम उदघाटन गर्दै पुतलीबजार नगरपालिकाका –२ का वडाध्यक्ष भीमबहादुर गुरुङले कार्यक्रम आफ्नो वडाबाट सुरु भएकोमा खुसी व्यक्त गरे । उनले लाटोकोसेरो लगायत अन्य वन्यजन्तुजन्तुको संरक्षणमा सबै लग्नुपर्ने बताए । ‘लाटोकोसेरो संरक्षण दूत’ केशव सापकोटाले भने, ‘लाटोकोसेरो संरक्षणका लागि यो तालिम निकै उपयोगी रह्यो । दूत हुन् पाउँदा औधी खुशी छु । लाटोकोसेरो संरक्षण हुने कुरामा म अब ढुक्क भए,’ उनले भने ।
नागरिक वैज्ञानिकसँग मिलेर संरक्षणको काममा सहभागी हुन पाउँदा खुसी लागेको वन इन्स्ट्रकटर तथा दुत दीपा गुरुङले बताइन् । यो कार्यक्रमले विद्यार्थीको शैक्षिक विकासमा समेत योगदान पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
गण्डकी प्रदेशमा गरिने लाटोकोसेरो संरक्षण कार्यक्रमका लागि आर्थिक रूपमा प्रकृतिका साथीहरू तथा व्हिटली फन्ड फोर नेचरले सहयोग गरेका छन् । संरक्षणविद्, वन्यजन्तु अनुसन्धानकर्मी राजु आचार्यले हालै हरित क्षेत्रको ओस्कार मानिने ‘ह्वीट्ली’ संरक्षण पुरस्कार पाएका थिए । ३ दशकदेखि लाटोकोसेरो संरक्षणमा लागेका संरक्षणा अभियान्ता राजु आचार्यले प्राप्त गरेको सोही पुरस्कारको रकमले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
उक्त कार्यक्रममा बोल्दै पुतली बजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले यस्ता संरक्षणका काममा आफ्नो सधैँ सहयोग रहने बताए । भैसेगौंडा सामुदायिक होमस्टे तथा आसपासको क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न सके प्रकृति संरक्षणको साथै स्थानीयलाई पनि फाइदा हुने उनले बताए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया