डुलुवा टोली भारततिर

पोखरा ।
बेला–बेलामा नेपालदेखि भारतसम्मका पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको डुलुवा टोली बिहीबार बिहान कास्कीबाट कन्याकुमारी प्रस्थान गरेको छ । टोली रक्सौल हुँदै भारतको दक्षिणी सीमामा पर्ने तमिलनाडुको कन्याकुमारीसम्म पुगेर फर्किनेछ ।
१९ सदस्यीय टोली अगस्त २५ मा पोखरा आइपुग्ने योजना छ । पोखरा महानगरका प्रमुख धनराज आचार्य र भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख पिएस बेगलले टोलीलाई बिहीबार पोखरामा आयोजित समारोहमा सुखद् यात्राको कामनासहित बिदाइ गरे । उनीहरूले डुलुवाका संयोजक योगेश भट्टराईलाई नेपाल र भारतको झन्डा हस्तान्तरण गरेका छन् ।
पोखराबाट रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोडिचेरी, रामेश्वरम, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्ली हुँदै टोली पोखरा फर्किनेछ । अभियानले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने डुलुवाका संयोजक भट्टराईले बताए । ‘यसका लागि विभिन्न भारतका विभिन्न स्थानमा सरोकारवालाहरूसँग सहकार्य गरी पत्रकार भेटघाट, अन्तक्र्रियासमेत गरिनेछ,’ उनले भने ।
महानगर प्रमुख आचार्यले यस खालका भ्रमणले पर्यटन राजधानीको प्रवर्द्धनमा इँटा थप्ने उल्लेख गरे । उनले भने, ‘पोखराको समृद्धिको माध्यम नै पर्यटन हो । यस खालका अभियानले एकातिर पर्यटन प्रवर्द्धनमा सघाउँछ भने अर्कातिर भ्रमण गर्न अरूलाई उत्प्रेरितसमेत गर्छ ।’ भारतीय पेन्सन क्याम्पका प्रमुख बेगलले भारतमा हुँदा कुनै कठिनाइ आईपरे समन्वय गरिदिने वाचा गरे ।
सन् २००८ मा प्याराग्लाइडिङ र अन्य पर्यटन व्यवसायमा आबद्ध पोखराका केही युवाले अनौपचारिक रूपमा नेपाल घुम्न थालेका थिए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख नवीन पोखरेल, डुलुवाका सदस्य ठाकुर बरालले पनि बोलेका थिए । स्थापनाको १५ वर्षमा डुलुवाले नेपालका ७० जिल्ला भ्रमण गरेको छ । ‘पहिला देश अनि विदेश’ भन्ने उदघोषलाई अंगीकार गर्दै डुलुवाले यसअघि भारतको लद्दाखसम्मको यात्रा गरेसफलतापूर्वक सम्पन्न गरेको छ ।
डुलुवा टोलीले यात्राका लागि गोर्खा ब्रुअरी, जोनी वाकर, द सिङगलटन, खुकुरी रम, माउन्ड कैलाश, बिजीबी रिसोर्ट, क्लब प्याराडिसो, सुलभ डिपार्टमेन्टल स्टोर्स, नेपाल पर्यटन बोर्ड पोखरा, रेबान पोखरा, पारानोभा प्याराग्लाइडिङ, पोखरा पर्यटन परिषद्, अर्बान यती, अटोवेज, टोयटा, करेन्ट नुडल्स आदिसँग सहकार्य गरेको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया