पोखराको होटल दीप दर्शनबाट ५० लाख बराबरको लागुऔषध बरामद

समाधान संवाददाता २०८१ साउन १७ गते १९:१६

पोखरा ।

Advertisement

पोखराको होटल दीप दर्शनबाट प्रहरीले लागुऔषधको खात बरामद गरेको छ । होटलबाट लुकाइछिपाई राखेको ८ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । जसको बजार मुल्य ५० लाख बराबरको भएको एसपी थापाले बताए । होटलमै दर्ता नगरिएको मेडिकल सञ्चालनमा थियो । प्रहरीले होटल सञ्चालक तनहुँ शुक्लागण्डकी नगरपालिका वडा ८ घर भई पोखरा ९ न्यूरोड बस्ने ३७ वर्षीयकी इन्दुदेवी श्रेष्ठ र सोही होटेलका म्यानेजर स्याङजा आँधिखोला गाउँपालिका ३ घर भई पोखरा १७ बिरौटा बस्ने २५ वर्षीय मिलन पौडेललाई नियन्त्रणमा लिएको छ ।


होटलमा सञ्चाल भएको मेडिकल यसअघि बिरौट सञ्चालन गरिएको थियो । केही दिनअघि मात्र पोखरा महानगरपालिका न्यूरोक स्थित होटल दीप दर्शनमा सरेको थियो । यद्यपी मेडिकलको बोर्ड, दर्ता केही थिएन । होटलबाट लागूऔषध बिक्री वितरण गर्दै आइरहेको भन्न सूचनाका आधारमा लागूऔषध ब्यूरोको सहकार्यमा हाइड्रोक्लोराइड क्याप्सूल १३ हजार ६ सय ट्याब्लेट, टेपेन्डोल ट्याब्लेट ५० एमजीको १६ सय ट्याब्लेट, टेपेन्डोल ट्याब्लेट—५० एमजी टेन्डा—५० एमजीको २६ सय वटा, टेपेन्डोल ट्याब्लेट—७५ एमजी टेन्डा—७५ एमजीको ४ हजार ट्याब्लेट, टेपोन्डोल हाइड्रोक्लोराइड एक्सटेन्ड रिलिज ट्याब्लेट सय एमजीको ११ हजार ६ सय टुयाब्लेट बरामद गरेको छ ।

Advertisement


यस्तै ट्यापेन्डोल—७५ एमजीको ४ हजार ट्याब्लेट र ट्यापेन्डोल सय एमजीको २१ हजार ४ सय वटा ट्याब्लेट बरामद गरेको हो । सबै प्रकारका लागुऔषध गरेर प्रहरीले ४३ हजार २ सय वटा ट्याब्लेट बरामद गरेको हो । यो कास्कीमा एकैपटक बरामद भएको सबैभन्दा ठूलो मात्रको लागुऔषध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया