पृथ्वीनारायण क्याम्पसगणित विभागको आयोजनामा खुला छलफल

समाधान संवाददाता २०८१ साउन १८ गते ८:०९

पोखरा । पृथ्वीनारायण क्याम्पस गणित विभाग, पोखराले गणित अध्ययन अध्यापनका विविध पक्षहरूमा विभागको सभाकक्षमा खुला छलफल गरेको छ | गणित विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख, त्रिवि गणित विषय समितिका सदस्य तथा नेपाल गणित समाजका सहसचिव सहप्रा डा ईश्वरमणि अधिकारीको अध्यक्षता तथा सहजीकरणमा सम्पन्न उक्त खुला छलफलमा त्रिवि गणितको वर्तमान पाठ्यक्रम, गणितको अध्ययन-अध्यापन तथा अनुसन्धानको क्रममा भोगिएका समस्या तथा चुनौतीहरूदेखि विश्वविद्यालय सेवासंग सम्बन्धित विविध विषयमा सहभागी प्राध्यापकहरूले आआफ्ना जिज्ञासा तथा सुझावहरू राखेका थिए |

Advertisement

नेपाल गणित समाजका सभापति प्राडा नारायणप्रसाद पहारी तथा उक्त समाजकै उपसभापति सहप्रा डा श्रीराम खडकाको समेत विशेष उपस्थितिमा सम्पन्न खुला सत्रमा समाजका उपसभापति डा खडकाले विषय समितिले देश भरका महत्वपूर्ण क्याम्पसमा कार्यरत साथीहरूको राय-सुझाव बमोजिम स्नातक तहको गणितको वर्तमान पाठ्यक्रमलाई समयानुकल परिमार्जन गर्न लागिएको र सोका लागि आफू विषय समितिकै एक जिम्मेवार  प्रतिनिधिका रूपमा पोखरा आएको धारणासहित छलफलमा उठेका विषयहरूलाई आफूले सम्बन्धित निकायसम्म पुर्याउने जानकारीसहित छलफलको औचित्यमाथि प्रकाश पारे । अहिलेसम्म भए गरेका अभ्यास र नेपाल गणित समाजका विविध गतिविधिहरू माथि उनले प्रकाश पारे ।

छलफल सत्रमा पृथ्वीनारायण क्याम्पस गणित विभागका सदस्यहरूदेखि पोखरा तथा गण्डकी विश्वविध्यालयमा कार्यरत प्राध्यापक साथीहरूको सक्रिय सहभागिता रहेको थियो | उक्त छलफलमा उपेन्द्र पोखरेल, बद्री पंगेनी, विश्वराज अधिकारी, मनबहादुर भुजेल, ठाकुर पोखरेल, रमेशकुमार आचार्य, लोक गुरुङ, प्रेमनारायण पानीपोखरेल, प्रेम शर्मा, पुरुषोत्तम पराजुली, महेश्वर पोखरेल, प्रेम गुरुङ, गुरुदत्त शर्मा, दिपेन्द्र वराल, मित्रबन्धु बराल, शिवप्रसाद बास्तोला, नरेन्द्रनारायण झा, सरस्वती पौडेल, मंजु सुवेदी, रोमहर्षण पौडेल, भद्रराज त्रिपाठी, माधवप्रसाद पौडेल, त्रिभुवन शर्मा, राजेन्द्र रेग्मी, ईश्वरमणि अधिकारीका अतिरिक्त स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू सन्तोष पौडेल र राजेश ढुंगाना  लगायतले आआफ्ना धारणा राखेका थिए |

Advertisement

छलफल सत्रमा नेपाल गणित समाजका सभापति प्राडा नारायणप्रसाद पहारीले छलफलमा उठेका केही जिज्ञासाहरूको  समाधानसहित अन्य कतिपय सल्लाहहरूलाई आफूले सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्ने विचार व्यक्त गर्दै समाजका गतिविधिहरूमा नेपाल गणित समाज गण्डकी प्रदेश कमिटिले पुर्याएको योगदानको चर्चा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया