गण्डकीमा डेंगुको ग्राफ उकालियो

सञ्जय रानाभाट २०८१ साउन १८ गते ११:१६

पोखरा ।
पछिल्लो एक सातायता गण्डकीका अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ । गण्डकी प्रदेशमा मात्र डेंगुका ५ सय २४ जना डेंगुका बिरामी भेटिएका हुन् । डेंगु संक्रमणबाट साउन १० गते १ जनाको मृत्यु भएको छ । तनहुँका ४८ वर्षीय पुरुषको डेंगु संक्रमणबाट पोखराको एक अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेश केसीले जानकारी दिए । पछिल्लो हप्ता डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको स्वास्थ्य निर्देशनालय जनाएको छ ।

Advertisement


गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा डेंगुका बिरामी सबैभन्दा बढी देखिएका छन् । कास्कीमा २ सय १२ जना बिरामी भेटिएका हुन् । कास्कीपछि तनहुँमा १ सय ५ जना संक्रमित भएका छन् । बागलुङमा ६५, लमजुङ, ५०, म्याग्दी ३६, गोरखा २७, स्याङ्जा २७, पर्वत ८, नवलपुर ५ र मनाङमा १ जनामा डंगु संक्रमित भएको निर्देशनालय डाक्टर केसीले जानकारी दिए ।
मुस्ताङमा भने डेंगुका बिरामी भेटिएका छैनन् । निर्देशनालयले सार्वजनिक गरेको यो तथ्यांक साउन १४ गतेसम्मको हो । त्यसपछि पनि मन्त्रालयले तथ्यांक लि एपनि सफट्वेयरले एक÷एक हप्तामा मात्र अपडटको तथ्यांक दिने भएकाले आइतबारमात्र नयाँ तथ्यांक देखाउने डाक्टर केसीले जानकारी दिए । यो पछिल्लो २ दिनमा पर्वत र कास्कीमा डेंगुका बिरामी ह्वत्तै बढेका छन् ।


समाधानले पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा र पर्वत जिल्ला अस्पतालमा डेंगुमा बिरामीको तथ्यांक बुझ्दा यी दुवै अस्पतालमा डेंगुका बिरामी बढेका छन् । पर्वतमा त झनै बिरामीका चाप रहेको अस्पताल प्रशासनले जनाएको छ । पर्वत अस्पतालमा ५० भन्दा बढी डेंगुका बिरामी उपचारत रहेको बताइएको छ । डेंगुका बिरामी बढ्न थालेसँग अस्तालको ओपिडी कक्षमा भिड् लाग्न थालेको छ । भाइरल ज्वरोका बिरामी पनि निकै बढेका छन् । अधिकांश बिरामी ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता जस्ता लक्ष्ण देखिएपछि अस्पताल आएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका डा केसीका अनुसार असार दोस्रो सातादेखि डेंगुका बिरामी बढ्न थालेका हुन् । डेंगु लागेपछि गम्भीर हुनेको संख्या पनि बढ्दो छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डेंगुका बिरामीलाई भर्ना गरी उपचार गर्नुपरेको छ ।


वर्षासँगै बढेको अत्यधिक गर्मीका कारण पनि डेंगुका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको डाक्टरहरु बताउँछन् । एक्कासि ज्वरो देखिएपछि अस्पताल आइपुगेका अधिकांशलाई डेंगु संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले जटिल खालका बिरामीलाई विशेष परीक्षण गर्न निर्देशनसमेत दिएको छ । गर्मी याममा आकासबाट आएको पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फूल पार्ने हुँदा डेंगुका बिरामी बढेको हुन सक्ने अनुमान डाक्टरहरु गर्छन् । यसबाट बाँच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै सर्वोत्तम उपाय हो । घरवरिपरी सफा राख्न, पानी जम्मा हुने ठाउँ पुर्न, झोलिलो र पोसिलोयुक्त खानपान गर्ना डाक्टरहरुको सुझाव छ ।


प्राइभेट अस्पताललाई ६ सयभन्दा बढी नलिन निर्देशन

Advertisement


गण्डकी प्रदेश सरकारले डेंगुको निशुल्क जाँच गर्दै आएको छ । यद्यपि प्राइभेट अस्पतालको मूल्यमा पनि एकरुपता ल्याउन प्रदेश सरकारले बढीमा ६ सय शुल्क लिन निर्देशन दिएको छ । निर्देशनालयका डाक्टर केसीका अनुसार असार २२ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनलाइनमार्फत प्रदेश मातहतका १२ अस्पताल र स्थानीय तहको प्रमुख उपप्रमुखसहित स्वास्थ्य महासंघलाई डेंगु कसरी रोकथाप र उपचारमा सहजीकरण गर्न निर्देशन दिएका थिए । प्रदेश सरकारले डेंगु रोकथाम तथा नियन्त्रण गर्न असार २७ गते डेंगु परीक्षणका लागि आवश्यक आरडिटी किटका लागि मात्र लाग्ने शुल्क लिन प्राइभेट अस्पताललाई निर्देशन दिइएको थियो ।


डाक्टर केसीका अनुसार सरकारले डेंगु नष्ट गर्न अभियानसमेत सञ्चालन गरेको छ । आफ्नो घर, कार्यथलो आसपासमा राम्ररी सरसफाइ गरेमा यो लामखुट्टे फैलन पाउँदैन । त्यसका लागि गण्डकी प्रदेश सरकारले अभियान सञ्चालन गरेको हो ।
यसबाट बाँच्न पानीको ट्यांकी, ड्रम, बाल्टिनलाई राम्ररी छोप्नुपर्छ । ताकि त्यहाँ यो लामुखट्टेले फूल पार्न नपाओस् । पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरबाहिर बोत्तल, टायर, प्लाष्टिकमा पानी जम्दा लामखुट्टेले आफ्नो वासस्थान बनाउन सक्ने डाक्टर केसी औंल्याउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया