तीन राज्यमन्त्री थपिए, ओली सरकालाई पूर्णता

पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक गरि तीन राज्यमन्त्री नियुक्त भएका छन् ।
कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरीलाई राज्यमन्त्री नियुक्त गरिएको हो ।
तामाङ ऊर्जा राज्यमन्त्री, विक वन तथा वातावरण राज्यमन्त्री र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषदमा तामाङ, विक र चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
उनीहरूले आजै शपथ लिनेछन् । तामाङ रामेछाप, विक पाल्पा र चौधरी कैलालीका हुन् ।
तामाङ २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनका बेला रामेछाप सभापति निर्वाचित भएका थिए। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । २०७९ मंसिरमा भएको निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका हुन् ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया