सृजनात्मक लेखन सम्बन्धि अन्तक्र्रिया

समाधान संवाददाता २०८१ साउन १८ गते १४:२९

पोखरा ।
पोखरामा शुक्रबार सृजनात्मक लेखन सम्बन्धि अन्तक्र्रिया भएको छ । मित्र समाज काठमाडौंको आयोजना र युएसएआइडी जल जंगल परियोजनाको सहकार्यमा अन्तक्र्रिया भएको हो ।

Advertisement


नेचर मिडिया नेटवर्कका कार्यकारी निर्देशक सुबोध गौतमले समाचारमा स्थानीय भाषा प्रयोग गर्दा बढी प्रभावकारी हुने बताए । समाचार लेखेर मात्र नहुने, त्यसलाई निरन्तर फलोअप गरेमा नीति परिवर्तन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।


नेचर मिडिया नेटवर्कका सम्पादक पिताम्बर सिग्देलले समाचार लेख्दा नागरिकका रुचिमा ध्यान दिनुपर्ने तथा समाजका समस्यालाई उजागर गर्नुपर्ने बताए । समयसँगै मिडिया हाउस पनि अपडेट हुनुपर्ने बताउँदै उनले समाचारमा समस्या मात्र नभई समाधानका उपाय पनि उल्लेख गर्नुपर्ने बताए ।

Advertisement


कार्यक्रममा समाजका तथ्यांक विद अर्जुन भट्टराई, युनाटेड कम्यिुनिटी नेपालका कार्यकारी निर्देशक विनोद न्यौपाने, विष्णुकुमार मल्ल र गण्डकी प्रदेशका २० जना पत्रकारको उपस्थिति थियो । कार्यक्रमले समाचार लेखनमा सहयोग पुग्ने सहभागिको भनाइ थियो ।

Advertisement

तपाईको प्रतिक्रिया