कास्कीबाट एमालेका केन्द्रीय नेताहरु: कसले के जिम्मेवारी पाए ?

पोखरा ।
नेकपा एमालेको विहीबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय नेताहरु व्यापक जिम्मेवारी हेरफेर गरेको छ । गत वर्ष कार्य विभाजन गर्दा अधिकांश केन्द्रीय नेताहरुलाई आफ्नो भन्दा फरक भूगोलमा खटाएको एमालेले यस पटक नेताहरुलाई सम्भव भएसम्म आफ्नै भूगोलको इन्चार्ज बनाउने गरी जिम्मेवारी खटाएको छ । कतियप नेताहरुलाई भूगोल भन्दा पृथक विभिन्न विभागको जिम्मेवारी समेत ताेकिएको छ ।
कास्की जिल्लाबाट एमालेको केन्द्रीय कार्य समितिमा १२ जना नेताले प्रतिनिधित्व गर्छन् । सचिवालय बैठक अघि ११ जना थिए । प्रभा कोइराला केन्द्रीय सदस्यमा मनोनित भएपछि केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्नेको संख्या १२ पुगेको छ ।
१२ जना नेता मध्ये विद्या भट्टराई शिक्षा मन्त्री नियुक्त भएकाले उनलाई इन्चार्जको कुनै जिम्मेवारी दिइएको छैन् । एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन अपानी अनुसार कास्कीका एमाले नेताहरुले निम्न बमोजिम इन्चार्जको जिम्मेवारी पाएका छन् ।
१. खगराज अधिकारी स्थायी कमिटी सदस्य, प्रमुख– सहकारी तथा गरिबी निवारण विभाग
२. जगत विश्वकर्मा पोलिट्ब्यूरो सदस्य, प्रमुख– खानेपानी तथा सरसफाई विभाग
३. सिता गिरी ओली पोलिट्ब्यूरो सदस्य, प्रमुख– प्रतिष्ठान समन्वय विभाग
४. राजीव पहारी केन्द्रीय सदस्य, इन्चार्ज– युवा फाँट, इन्चार्ज– कास्की निर्बाचन क्षेत्र नम्बर ३
५. कृष्ण थापा केन्द्रीय सदस्य, इन्चार्ज– कास्की जिल्ला
६. चुडामणि जंगली केन्द्रीय सदस्य, इन्चार्ज कास्की निर्बाचन क्षेत्र नम्बर १
७. मञ्जुदेवी गुरुङ केन्द्रीय सदस्य, इन्जार्ज–कास्की निर्बाचन क्षेत्र नम्बर २
८. भीम कार्की केन्द्रीय सदस्य, इन्जार्ज–मनाङ जिल्ला, इन्चार्ज– कास्की निर्बाचन २(१)
९. बालासिंह काउछा मगर केन्द्रीय सदस्य, इन्चार्ज– कास्की निर्बाचन क्षेत्र नम्बर १(१)
१०. मीना कुमारी गुरुङ केन्द्रीय सदस्य, इन्चार्ज कास्की जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ (१)
११. प्रभा कोइराला केन्द्रीय सदस्य, इन्चार्ज– कास्की निर्बाचन क्षेत्र नम्बर २(२)









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया