पोखरा २६ का टोलमा सरसफाइ
समाधान संवाददाता
२०८१ साउन १८ गते १६:१७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ ले शुक्रबारदेखि वडाका टोलमा सरसफाइ र जनगुनासो सम्बोधन अभियान सुरु गरेको छ । वडाको सक्नेरी, हिमाली टोल, रिठ्ठेपानी, तालबेसी, घैंटेकोखोर बरालडाँडा, उपरजरे टोलबाट अभियान सुरु भएको हो ।
त्यस अवसरमा वडाध्यक्ष नरेन्द्र थापाले कार्यालयमा बसेरमात्रै जनताको गुनासो थाह नहुने भएकाले टोल टोलमा अभियान लिएर आएको बताए । अध्यक्ष थापाले टोल सरसफाइ पनि हुने र जनताको गुनासो सुन्न पनि पाइने भएकाले कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे ।
कार्यक्रममा वडा सदस्य तीर्थबहादुर राजभाटले गत २ आर्थिक वर्षमा सक्नेरी क्षेत्रमा विनियोजन भई कार्यसम्पन योजनाहरुको विवरण प्रस्तुत गरे । साउन १८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अभियान वडाका विभिन्न स्थानमा सरसफाइ, डस्टबिन विरतण र जनगुनासो सुन्दै सकिने छ ।
सम्बन्धित








जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया