किसान संघ पोखरा ६ बैदाममा ओमनाथ

पोखरा ।
किसान संघ पोखरा महानगरपालिका ६ को अध्यक्षमा ओमनाथ अधिकारी चयन भएका छन् । संघको बिहीबार भएको दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा आठ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संघको उपाध्यक्षमा नारायण पोखरेल, सचिव मोतिराज कोइराला, सहसचिव विष्णुप्रसाद पहारी र कोषाध्यक्षमा पार्वती पौडेल चयन भएका छन् । सदस्यमा लक्ष्मीप्रसाद पहारी, सीता पौडेल र हीरा पौडेल चयन भएका नेपाली वडा इकाई ६ का सचिव प्रकाश न्यौपानेले जानकारी दिए ।
गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले किसानको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी सरकारले कार्यक्रमको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
रासायनिक मलको मूल्यवृद्धि रोकि, दीर्घकालीन योजना बनाइ रासायनिक मलको अभाव हुने अवस्था अन्त्य गरिदिन उनले सरकारलाई अनुरोध गरे ।
नेपाल किसान संघ कास्कीका अध्यक्ष पुण्डरीप्रसाद बरालले रासायनिक मलको विकल्पमा प्रांगारिक मल प्रयोग गर्न साथै कृर्षी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
संघका क्षेत्रिय सभापति रवि अधिकारीले कृर्षी औजार र बीउबिजनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले कालोबजारी गर्नेलाई कारबाही गरि सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरे ।
संघका बैदामका अध्यक्ष लोकराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इकाई सभापति सन्तोष पौडेल, नेपाली कांग्रेस गण्डकी प्रदेश संघ गठन विभागका उपप्रमुख प्रभा पौडेल सुवेदी र नेपाल तरुण दलका केन्द्रिय सदस्य लक्ष्मण पहारी लगायतले पहिलो प्राथमिकता नै किसानका हकहितमा हुनुपर्ने भनाइ राखेका थिए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया